भैरहवाका अभिषेकलाई इन्डोनेसियामा रजत पदक


भैरहवाका अभिषेक बरालले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । बिहीबार इन्डोनेसियाको जकार्तामा प्रतियोगिताको पुरुष ८० केजीमुनिको फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि स्वर्ण पदकमा चुकेका थिए ।

फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएका थिए । २६ राष्ट्रको सहभागिता रहेको यो जि टु र्‍याङकिङ प्रतियोगिता हो । अभिषेक सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८, रबीपथ निवासी हुन् । उनले भैरहवा तेक्वान्दो क्लबका उत्पादन हुन् ।

प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी रहेका छन् । छन् । अभिषेकसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । क्योरोगीमा अभिषेक डल्लाकोटी, सुजब कुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिष घिसिङ पदकविहीन बने । पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा बिकेश बिडारी छन् ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version