हाम्रो प्राथमिकता सरकार बनाउनु होइन: फकरुद्धिन खान

नेकपाका कारण देखिएको राजनीतिक द्वन्द्वले देशमा अहिले अस्थिरता छाएको छ । सबैको चाहना मुलुकमा कुनै गम्भीर राजनैतिक घटना नघटोस् भन्ने हो । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन जुन असंवैधानिक छ हामीले त्यसको निरन्तर विरोध गरिरहेका छांै । यो कदमको विरोधमा निरन्तर लागिरहेका छौं, जनतालाई जागरण गराइरहेका छौं ।

जनताले नेकपालाई दुईतिहाइको सरकार बनाउन जुन मत दिए त्यो मतको अपमान भएको छ । अहिले मुख्य चाहना भनेको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने हो । केन्द्रमा मात्र नभई प्रदेशमा पनि नेकपाको झगडा छताछुल्ल छ । गुट उपगुट छन् । यद्यपि दुवैले एकै नाम, एकै चिन्ह लिएर विरोधका कार्यक्रम गरिरहेका छन् । यसको असर लुम्बिनी प्रदेश सभामा पनि देखिएको छ । वर्तमान प्रदेश सरकारविरुद्ध अहिलेसम्म कसैले अविश्वास प्रस्ताव ल्याएका छ्रैनन् । यो नेकपाको कुरा हो, अविश्वासको प्रस्ताव आउला नआउला त्यो अर्को पाटो हो । हामी नेपाली कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएर पठाएको हुनाले हाम्रो प्राथमिकतामा सरकारमा जाने सरकार बनाउने छ्रैन ।

अर्को कुरा कुनै पनि सरकार बनाउन संख्याको कुरा आउँछ । भोलि प्रदेशमा अविश्वासको प्रस्ताव आउँदै गर्दा कुनै दललाई कांग्रेसको आवश्यकता प¥यो, सहकार्य गर्न कुनै दलले माग गरे भने त्यतिबेला नेपाली कांग्रेसले आवश्यकता हेरेर उचित निर्णय गर्छ । यो विषयमा निर्णय गर्न हामी स्वायत्त छांै । नेपाली कांग्रेस केन्द्रीय समिति पदाधिकारी बैठकले प्रदेशमा सरकार हेरफेरको विषयमा कोसंँग सहकार्य गर्ने भन्ने विषयमा सोही प्रदेशको संसदीय दललाई निर्णय गर्न दिने अधिकार दिएको छ । हामी एउटा सिस्टममा राजनैतिक डोरीमा बाँधिएका छौं, यस्ता विषयमा निर्णय गर्न स्वायत्त रहे पनि केन्द्रीय समितिको राय परामर्श अवश्य लिन्छांै, हाम्रो प्राथमिकता सरकारमा जानु होइन । अविश्वास प्रस्ताव आएको खण्डमा नेकपाको कुन पक्षलाई समर्थन गर्ने, कोसँंग सहकार्य गर्ने त्यसबेला हामीले उचित निर्णय गर्नेछौं । जुन निर्णय जनताको पक्षमा हुनेछ ।

लुम्बिनी प्रदेश सभालाई अहिले बन्धक बनाइएको छ । राजनीतिक अवस्थाले बन्धकजस्तै बनाइएको छ । यो संकटबाट छिटो पार पाउनु पर्छ । बागमती प्रदेशको हामीले देखिहाल्यांै । त्यस्तो अवस्था हाम्रो प्रदेशमा नहोस् भन्ने हामी चाहन्छौं । जनताको समस्या, चासो, विकाश निर्माणको बहस गर्ने थलो नै प्रदेशसभा भएकाले छिटोभन्दा छिटो प्रदेशसभाको बैठक बस्नु पर्छ भनेर मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण पनि गराइसकेका छौं । प्रदेश सभामा नेकपाका दुवै गुट हामी नेपाली कांग्रेससँंग मिलेर अघि बढन चाहन्छौ, सहयोग र सहकार्य गर्न चाहन्छौं भनेर आइरहनु भएको छ । त्यो स्वाभाविक पनि हो । तर नेपाली कांग्रेसले सरकारमा जाने भनेर खुट्टा उचालेको छैन । हाम्रो प्राथमिकता सरकार होइन जनताले दिएको म्यान्डेटअनुसार प्रतिपक्ष नै हो ।(खान, लुम्बिनी प्रदेशसभामा नपाली कांग्रेसका प्रमुख सचेतक हुन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version