‘‘संस्थाको उन्नयन र गतिशीलताको लागि मेरो उम्मेदवारी’’

नविन पन्थी नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको महाधिवेशन प्रतिनिधि हुन् । गुल्मी जिल्ला मदाने गाउँपालिकामा जन्मस्थान रहेका पन्थी अहिले सङ्घीय आयोजना कार्यान्वयन इकाई भैरहवामा कार्यरत छन् । वि.सं. २०७१ सालमा निजामती सेवामा प्रवेश गरेका पन्थी शुरुमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको सदस्य, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीको कोषाध्यक्ष, नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय संगठन तथा प्रशिक्षण विभाग सदस्य रही सकेका छन् । हालै मात्र नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन प्रतिनिधिमा निर्वाचित कर्मचारी युनियनको यसै महिनाको तेश्रो साता काठमाडौंमा हुने महाअधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारी घोषणा गरेका पन्थीसंग न्यूज ओकेले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छः

हो तपाईंको प्रश्न माथि सत्यता छ । मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु । कर्मचारी युनियनको केन्द्रीय सचिवालयले नीति तथा कार्यक्रम तय गर्दै छ । त्यस नीति तथा कार्यक्रममा मेरा केही सुझाव र धारणा पेश गर्नको लागि तयारी गरेको छु संक्षिप्तमा म यहाँ जानकारी गराउँछु । निजामती प्रशासनको इतिहासमै सबैभन्दा कहाली लाग्दो, विभेदकारी र विर्सनलायक घटनाको रुपमा कर्मचारी समायोजन अध्यादेशलाई मैले चित्रण गरेको छु । कर्मचारी समायोजन अध्यादेश २०७५ बाट उत्पन्न समस्यालाई सम्बोधन गर्न एकपटक पूर्ण सेवा सुविधासहितको स्वेच्छिक अवकाश योजना लागु गर्नुपर्नेछ, तत्पश्चात एक चरण संघ, प्रदेश र स्थानीय तहमा स्वेच्छिक समायोजनको लागि बाटो खुलागर्नु पर्दछ ।प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनङ्कित कर्मचारीहरुको वृति विकास लगायतका सवै अवसर र बाटाहरु बन्द हुने गरी राज्य व्यवस्था समितिमा पेश गरिएको मस्यौदालाई पुर्नलेखन गर्नु पर्दछ । कर्मचारीहरुको वृति विकासको ग्यारेण्टी पूर्ण सुरक्षा सहितको संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न युनियनको रचनात्मक भूमिका रहनु पर्दछ भन्ने मान्यतालाइ दृढतापूर्वक उठान गर्ने । पूर्व अनुमानमा आधारित सरुवा प्रणालीलाई प्रमुख एजेण्डाको रुपमा उठान गर्ने । सवै सेवा समूह र उपसमूहका कर्मचारीहरुको बढुवा प्रणालीलाई एकरुपता ल्याउन निश्चित समयावधि कायम गरी ब्याज प्रमोशन प्रणालीलाई स्थापित गर्न विषयलाई जोडदार रुपमा उठान गर्ने । जिल्ला, स्थानीय तहका कर्मचारीहरुका पीरमर्का र गुनासाहरुलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने व्यवस्थाका लागि केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय गर्ने ।

यो जित र हारको विषय भन्दा हामी मुख्यतः विषयवस्तु र मुद्दामा केन्द्रित हुनु जरुरी छ । मेरो मुख्य चिन्ता कर्मचारीहरुका पेशागत हकहितका कुरा कति सम्बोधन हुन सके कि सकेनन् कर्मचारी सेवा शर्त र सुरक्षाका विषयको जित भयो, भएन कर्मचारी ढुक्कसँग निर्भयतवरले कार्य गर्ने वातावरण भयो भएन मुख्य विषय हो । आफूले उठाएका मुद्दाहरु स्थापित गराउन सकियो भने त्यो नै सवैभन्दा ठूलो जित हो सबैभन्दा ठूलो आत्मसन्तुष्टी हो  । अन्य विषय गौण हुन मेरा लागि ।

सर्वप्रथम नेपाल निजामती कर्मचारी युनियन निजामती सेवा ऐन २०४९ ले निर्दिष्ठ गरे बमोजिम श्रम तथा रोजगार प्रवद्र्धन विभागमा विधिवत दर्ता भएको छ । यो प्रजातन्त्र प्रति आस्थावान कर्मचारीहरुको छाता संस्था हो कर्मचारीहरुका साझा मुद्दामा सामूहिक सौदावाजी गर्ने संस्था भएकाले आफ्नो र अरुको भन्ने भावना र नीति कर्मचारी युनियनको छैन र हुँदैन यो समग्र कर्मचारीको हक हित र सुरक्षाको लागि निरन्तर आवाज उठाउँछ र लड्छ । युनियनका सदस्यहरु कुनै पनि राजनैतिक दलको सदस्यता लिएका हुँदैनन् र कुनै पनि कर्मचारी कुनै राजनैतिक दलको सदस्यता लिन नपाउने स्पष्ट कानूनी मान्यता रहेको छ । अर्को कुरा स्वभाविकै रुपमा लोकतान्त्रिक संस्था भएकाले लोकतन्त्र प्रति विश्वास गर्ने राजनैतिक दलप्रति झुकाव राख्नु अन्यथा मानिदैन ।

पार्टीले कर्मचारी युनियनको पक्ष विपक्ष लिने भन्ने विषय रहँदैन र रहनु हुँदैन । लोकतान्त्रिक संस्था भएको नाताले काँग्रेस पार्टीका नेताहरुसँग निकटता हुनु छलफल तथा विचार विमर्श हुने कुरा अस्वाभाविक पनि होइन तर निजामती कर्मचारी युनियन, निजामती सेवा ऐन २०४९ निजामती सेवा नियमावली २०५० र निजामती कर्मचारी युनियनको विधान २०५९ ले यसको दिशा निर्देश गरेको छ । सोही अनुसार नै युनियनका गतिविधि सञ्चालित हुन्छन ।

कर्मचारीहरु स्वतन्त्र छन् । निजामती सेवा ऐनको प्रस्तावना हेर्नुहोस् अनि कर्मचारी युनियनको विधान २०५९ को प्रस्तावनामा कर्मचारी स्वतन्त्र र तटस्थ रहेने कुराको स्पट व्यवस्था गरेको छ । कर्मचारी निजामती सेवा ऐन नियमावली बमोजिम निर्दिष्ट हुन्छन् त्यसैले यो आरोप सरासर गलत छ ।

सरुवा नियमित प्रक्रिया हो । यो कुरा बुझ्न जरुरी छ । भने बढुवा प्रक्रियामा ट्रेड युनियनको हात रहन्छ भन्ने कुरा मुर्खता मात्रै हो । निजामती सेवा ऐन र नियमावलीमा बढुवाका आधारहरु र निश्चित मानकहरु तय गरेको छ । निश्चित विधि र प्रक्रिया अनुसार बढुवा हुने व्यवस्था छ । यसमा ट्रेड युनियनको कुनै पनि भूमिका रहँदैन । बुझाइको कमिले गर्द बाहिर यो चर्चा परिचर्चा हुने गरेको छ । जहाँसम्म सरुवाको कुरा छ । कतिपय पीरमर्का परेका साथीहरुका गुनासा व्यवस्थापनमा ट्रेड युनियनले सहजीकरण गर्नु त्यो ट्रेड युनियनको धर्म हो । यसलाई निरपेक्ष रुपमा हेरिनु हुँदैन ।

जित र हार भन्ने विषय नै होइन यो त आन्तरिक व्यवस्थापनको विषय यो । हाम्रो उद्देश्य चुनाव जित्नु मात्रै र नाम टाँस्नु मात्रै पनि होइन संस्थाको उन्नयन र गतिशीलताको लागि मलाई जिम्मेवारी दिनुभयो भने एकदिन पनि पश्चातप नहुने गरी दिएको जिम्मेवारीलाई कुशलता पूर्वक पालना गर्दै युनियनलाई सबल बनाउन एउटा इटा थप्ने प्रण सहित उम्मेदवारी प्रस्तुत गरेको छु । साथीहरुको अपार माया पाएको छु । एकपटक केन्द्रमा रहेर काम गर्ने अवसर दिनुहुने कुरामा बिस्वस्त छु । अवसर पाएमा संस्थाको समग्र हितको लागि असल सिपाहिको रुपमा काम गर्नेछु ।

पार्टीको हस्तक्षेप कर्मचारी युनियनमा भएको छैन र हुँदैन पनि ।

यो विषयलाई अलिक फरक ढङ्गले बुझ्नु जरुरी छ । मुलुक जटिल अवस्थामा गुज्रिरहेको बेला कर्मचारीले नै नेतृत्व गरी सफल रुपमा अवतरण गराएको विषयलाई अन्य एकाध विषयसँग जोडेर विषयान्तर गर्नु त्यति सान्दर्भिक हुँदैन । साथै अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउन पनि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको कुरा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यो आरोपमा सत्यता छैन ।

७७ जिल्ला ४८ विभागीय र आधिकारिक ट्रेड युनियका जिल्ला र विभागीय अध्यक्ष मतदाता हुने व्यवस्था छ । करिब ६५० मतदाता रहेका छन् । महाअधिशेनमा हजार भन्दा बढी उपस्थित हुनेछ । शुभेच्छुकहरु पनि आउने हुँदा उपस्थिति बढी हुन्छ ।

निजामती कर्मचारी युनियन सबै कर्मचारीहरुको साझा संस्था हो । राष्ट्रसेवा, निष्पक्षता, तटस्थता, र कर्मचारी एकताको मूल मर्म र भावनालाई आत्मसाथ गर्दै कर्मचारी युनियनको विशाल छहारीमा गोलबन्द हुँदै आधिकारिक ट्रेड युनियको निर्वाचनमा कर्मचारी युनियनलाई प्रथम स्थान हासिल गराउन सम्पूर्ण कर्मचारी हरुमा विशेष अनुरोध गर्दछु यसैमा मात्र सबै कर्मचारीहरुको भविष्य सुरक्षित हुनेछ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version