पर्सामा अफिमको ८ किलो धुलोसहित एक जना पक्राउ

 

वीरगञ्ज, पर्सामा अफिमको ८ किलो धुलोसहित एक जना पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद पक्राउ परेका हुन् ।गएराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । खोवारीको घरमा लागुऔषध अफिम लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version