भैरहवाको तापक्रम ४२.२ डिग्री सेल्सियस पुग्यो
श्रीन्यूज ओके रिपोर्टर। भैरहवा
गर्मीसँगै तातो हावा (हिट वेभ) ले भैरहवाको जनजीवन प्रभावित भएको छ । आज बैशाख १६ गतेका दिन देशमा सबैभन्दा बढी गर्मी भैरहवामा मापन भएको छ । आजका दिन भैरहवाको तापमान ४२.२ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भैरहवाको न्यूनतम तापमान २२.६ डिग्री सेल्सियस मापन भएको छ । केही दिन देखि तापमान बढिरहेको छ । तापमान बढ्दै जादा दिउसो तातो हावा चल्दा जनवीवन कष्टकर भएको छ ।
गत वर्षको जुन ७ मा भैरहवामा सर्वाधिक तातो मापन भएको थियो । यो दिन तापक्रम ४५.७ डिग्री सेल्सियस पुगेको थियो । मोबाइल एक्लीकेसनहरुले भने फरक फरक तापमान देखाउने गरेको पाइएको छ । तर मौसमको आधिकारीक जानकारी भने मौसम पूर्वानुमान महाशाखाले दिने गर्छ ।