- मनोरञ्जन शर्मा
भैरहवा– नेपाली समाजमा पिङको निकै महत्व छ । वर्षमा एक पटक धर्ति छाडनु पर्छ भन्ने मान्यता राख्दै पिङ खेल्ने गरिन्छ । बिशेष गरी पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा–रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका बिशेष किसीमकोडोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ। नेपालमा वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ।
विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। तर अहिले पिङ बिस्तारै लोप हुदै गएको छ । पहिला पहिला समाजमा युवाहरूको समूहहरु बनाएर वा बिभिन्न संघसस्थाले स्वर्फुत रुपमा पिङ हाल्ने गरिन्थ्यो। तर अहिले त्यस्तो छैन् । एकाध संघसस्था अघि बढे पनि युबापुस्ताहरुको ध्यान पिङमा छैन् । पहाडी क्षेत्र संगै तराईमा पनि पिङको महत्व छ । अहिले पनि यसको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पछि पर्देनन् ।
सामाजिक अगुवा एवं साहित्यकार बिजयसागरका अनुसार दशैंमा पिङ खेल्ने पहिलेदेखि नै चलेको चलन हो , अहिले सबै जना प्रविधिमैत्री बनेका छन् र मोबाइलमा विभिन्न थरीका खेल खेल्छन्। त्यसबेला थिएन र सबै जना यिनै खेलमा रमाउने गर्दा चाडबाडमा पिङ ओझेलमा परेको हो ।
दशैंमा पिङ खेल्नु भनेको हर्षोल्लास, उमङ्ग, खुसी, सद्भाव र विजयको प्रतीक हुन्। कम्तीमा वर्षमा एकपल्ट जमिन छोड्न पर्छ भन्ने गरिन्छ।
जमिन छोड्नुको अर्थ स्वर्गमा पुगेझैँ हो अर्थात् यसले स्वर्गीय आनन्द महसुस गराउँछ भन्न सकिन्छ,” “पिङले जमिन छाड्दा अप्रत्यक्ष रूपमा मृत आत्मासँग अर्थात् पितृ देवताहरूको आर्सीवाद प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।”
यसबाहेक दशैंमा एक पटक पिङ्ग खेल्नै पर्छ भन्ने मान्यता हो । पिङको माध्यमबाट जमिनमा रहेका मसिना किरा फटेङ्ग्राहरू नकुल्ची आकाशतिर उड्नुले वर्षभरी आफूले गरेको पाप काटिने धार्मिक विश्वास छ। अहिले दसैंको बेला यदाकदा पिङ बनाईए पनि पहिलाको जस्तो पिङ खेल्नलाई न पालो कुर्नु पर्छ न पिङ खेल्ने ठाउँमा पिङ खेल्नका लागि मान्छेको पहिला जस्तो भीड नै लाग्छ ।
भैरहवामा पनि पिङ
भैरहवा क्षेत्र र वरपरका बिभिन्न स्थानमा पिङ राखीएको छ । शशस्त्र प्रहरीले बिगतका वर्षमा जस्तै यस पटक पनि पिङ राखिएको सशस्त्र प्रहरी बल नम्बर २७ गण केन्द्रिय कार्यालय रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले बताए ।
उता अन्नपुर्ण टोल स्थित दुर्गा मन्दिर परीसरमा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले पनि पिङ राखेको छ । सस्थाले सर्बसाधारण र मन्दिरमा आउने श्रद्धालुहरुको लागि १३ हजार रुपैयामा पिङ तयार गरेको क्लवका अध्यक्ष पार्बती अधिकारीले बताईन् । भैरहवा र अन्य स्थानमा पनि पिङ तयार गरी राखीएको पाईएको छ । तर पिङमा भने सर्बसाधारणको आकर्षण छैन् ।
(यो समाचार न्यूज ओके साप्ताहिक २०८१ असोज २३ गतेको अंकमा प्रकाशित छ )