श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनिमा करातेको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। कार्तिक २० देखी २५ गते सम्म आयोजना हुने सम्मेलनमा नेपाल,भारत, जापान लगायत देशका खेलाडी , प्रशिक्षक र प्राबिधिक, संघका केन्द्रीय तथा जिल्लाका पदाधिकारी गरि २ सय जनाको सहभागिता हुने जापान गोजुरियो कराते डो मिसन संघ नेपालका सस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि.राना(काजी)ले बताए । सेमिनारमा कराते खेलका ख्यातिप्राप्त प्रशिक्षक तथा जापान गोजुरियो कराते डो मिसन संघका सस्थापक केन्सी हिदियो वातानावे नाइन डनको सहभागिता रहने संघ का उपाध्यक्ष सतिश कुमार चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । कराते खेल सङ भगवान बुद्धको सम्बन्ध रहेकोले पनि सेमिनार लुम्बिनीमा आयोजना हुन गैरहेको र सेमिनारको माध्यमबाट लुम्बिनीको थप प्रचार हुने संघका सल्लाहकार भरत बहादुर केसीलेबताए । सेमिनार को उदघाटन तिलोत्तमा नगर वडा १५ कोटिहवाको मगर भवन मा हुनेछ । नेपालमा जापान गोजुरियो कराते डो मिसन संघको स्थापना सन २००४ मा भएको थियो ।नेपाल का विभिन्न जिल्लामा ३० डोजो रहेका छ्न।