- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समावजादी पार्टीका सन्तोषकुमार पाण्डेयले ५९९ मतले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको १२५९२ मत मध्ये पाण्डेयले तिन हजार नौ सय सटसट्ठी (३९६७) मत प्राप्त गरेका छन् । पाण्डेय साइकलमा चढेर मतान्तरको गति निरन्तर बढाउँदै छन् ।
पाण्डेयका प्रतिद्वन्दी तिनदलिय गठबन्धनका उम्मेदवार एवम् जनता समाजवादी पार्टीको नेता महेन्द्र यादवले तिन हजार अट्सटठी (३३६८) मत पाएका छन् । यादव, पाण्डेय भन्दा ५९९ मतले पछि छन् । यादवले छाता ओढ्दै अहिले पाण्डेयलाई पछ्याउदै छन् । यो गनिएको मत मायादेवी गाउँपालिका वडा नम्बर ७ र ८ तिलोत्तमा वडा नम्बर १४ र सियारी १ र ओमसतिया २ को हो ।
त्यस्तै गरी अहिलेसम्म प्रेम बहादुर गुरुङ्ग (घर) १३१८, किरन गुप्ता (ढकिया) १२२३, गोपाल भण्डारी लौरो (११९१), सलाउद्धिल आलम (लाउड स्पिकर) ८४२ मत रहेको छ ।
यो मत परीणाम दिउँसो १ बजे सम्मको हो ।