फ्लाइ दुबईले पुस २९ बाट भैरहवा उडान सुरु गर्दै

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवामा फ्लाई दुबईको जहाज: तस्बिर श्रीन्यूज ओके

श्री न्यूज ओके रिपोर्टर


भैरहवा– मौसमका कारण देखाउदै उडान रोकेको फ्लाई दुबईले पुनह दुबई भैरहवा सेक्टरमा उडान सुरु गर्ने भएको छ । फ्लाई  दुबईले यही जनवरी १३ अर्थात पुस २९ बाट पुनह उडान सुरु गर्न लागेको नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

कार्तिक २४ गते बाट फ्लाई  दुबईले, दुबई -भैरहवा- काठमाण्डौ- दुबई उडान सुरु गरेको थियो ।

विमानस्थलका सूचना अधिकारी बिनोद बाबु रावतले श्री न्यूज ओकेलाइ बताए अनुसार  दुबईले हप्ताको सातै दिन दैनिक एक उडान गर्दा फ्लाई दुबईमार्फत २ हजार ८९ यात्रुले यो बिमानस्थलमार्फत सेवा लिएका थिए ।

 दुबईले डिसेम्बर १५ ( मंसिर ३०)  बाट खराब मौसमका कारण उडान रोकेको थियो पुस २९ बाट पुनः नियमित उडान गर्ने तयारी भएको  दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभलको सेल्स हेड नवराज शाहीले जनाए ।

उडानका बिचमा मौसम प्रतिकुल हुदा बिमानको उडान तालिकामै परीबर्तन हुने, गन्तव्य तर्फ आइरहेको जहाज अन्यत्रै डाइभर्ट गर्नु पर्ने वा घन्टौँ आकाशमै होल्ड गर्नु पर्ने बाध्यता हवाईसेवा कम्पनीलाई रहेको थियो ।

तर मौसम भने पहिले भन्दा अहिले अझ बढी प्रतिकुल हुँदै गएको छ । खराब मौसमका कारण मंगलबार कुनै पनि उडान हुन सकेन ।
प्रतिकुल मौसमका कारणले  दुबई सँगै थाइ एअरएसिया, जजिरा एयरवेजले पनि उडान स्थगन गरेका छन् ।  अन्तिम पटक एअर एसियाले जनवरी २ तारिखमा उडान गरेको थियो ।

तर नेपाल बायुसेवाले भने काठमाण्डु बाट भैरहवा हुँदै दुबई सम्म साताको चार उडान निरन्तर गर्दै आएको छ ।

कतारले कार्तिक २७ बाट तालिका अनुसार मंसिर १५ सम्म सीमित उडान गरेको थियो । कतारको उडान दोहा भैरहवा काठमाण्डु दोहा थियो । कतारको भने उडान अहिले छैन् ।

जजिरा एयरवेजले पनि जनवरी ३१ (माघ १८) बाट पुनः उडान सुरु गर्ने भएको छ ।

भैरहवाबाट ३० महिनामा ७२९ अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट हाल सम्म ७२९ उडान भएको छ । २०७९ जेठ २ गते देखि  २०८१ पुस १५ सम्म गरी जम्मा साढे ३० महिनाको अवधीमा कुल ७२९ उडान अवतरण मार्फत ४५ हजार ५ सय ७३ यात्रुले अन्तर्राष्टिय उडान अवतरण मार्फत आवत जावत गरेको नागरीक उड्यन प्राधिकरणको कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

महाप्रबन्धक तिवारीका अनुसार उडान मार्फत  आगमन तर्फ २१ हजार२७९ जना र प्रस्थान तर्फ २४ हजार २९४ जना यात्रुले यो विमानस्थल प्रयोग गरि सकेका छन् ।

उडान सुरु भएको बिचमा करिब १० महिना उडान बन्द भएको थियो । त्यसपछि भने गत कार्तिक १८ गते बाट पुनह अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा अहिले नेपाल बायुसेवा निगमले उडान गरीरहेको छ । जजिरा एअरवेज, फ्लाइ दुबई ,कतार एअरवेज र एअर एसियाले अहिले प्राबिधक कारण देखाउदै उडान बन्द गरेका छन् ।

विगत दुई महिना(नोभेम्बर र डिसेम्बर)को अवधिमा यस विमानस्थल ले  २२९ उडान अवतरण मार्फत ४३८३ यात्रुको आगमन र ३७७४ यात्रु प्रस्थान गरी जम्मा ८१५७ यात्रु लाई सेवा दिएको छ  भने ८४६२ यात्रु ले ट्रान्जिट उडान गरेका थिए ।

सो अवधिमा भैरहवााट उडान अवतरण गर्ने बिदेशी पर्यटक ७४७ रहेका सबैभन्दा बढी जजिराले उडान अवतरण गरेको थियो ।जजिराले साप्ताहिक ३ उडान कुबेत भैरहवा गर्दै आएकोमा अहिले मौसमका कारण उडान रोकेको छ भने  दुबई भैरहवा काठमाण्डौ दुबई उडान गर्दै आएकोमा मौसमका कारण देखाई अहिले बन्द गरेको छ । दुबईले जनवरी १३(पुस २९) र जजिराले जनवरी ३१ (माघ १८) बाट पुनह उडान सुरु गर्न पत्र पठाएका छन् ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version