होलीका अबिरमा भारतकै भर

भैरहवा मिलनचोकमा बिभिन्न रङ्गका अबिर बिक्री का लागी बस्दै व्यवसायी । तस्बिर : श्रीन्यूज ओके

मनोरञ्जन शर्मा   


 भैरहवा– चाडबाडमा मात्रनभई रङ्गहरूको उत्सवका रुपमा रहेको फागु पर्व अर्थात होलीमा प्रयोग हुने अबिर लगायतका रङ्गहरूको उत्पादन स्वदेशमा नहुँदा भारतबाटै आयात गरी पर्व मनाउनु पर्ने बाध्यता रहेको छ ।

अबिर, केसरी मात्र नभई अबिरजन्य बिभिन्न थरीका रङ्गहरू र होलीमा प्रयोग हुने पिचकारी, लगायतका सामग्रीहरूको उत्पादन नेपालमा नहुँदा वार्षिक त्यसका लागी करोडौँ रुपैयाँ विदेशिने गरेको छ । होली तथा अन्य धार्मिक कार्यमा प्रयोग गरिने अबिर, केसरी लगायतका सामग्रीका लागी भारतीय उत्पादनमै निर्भर रहनु पर्ने बाध्यता अझै पनि नेपालमा रहेको छ ।

नेपालमा त्यति धेरै खपत पनि नहुने र चाडपर्व र होलीका समयमा मात्र माग बढी हुने र खपत कम हुने भएकाले व्यवसायीहरू यसको उद्योग राखी उत्पादन गर्न त्यति इच्छुक नभएको पाइएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले बताए ।

बर्स भरी मनाइने बिभिन्न पर्ब तथा होली र दैनिक घरमा पूजाका लागी सामान्य प्रयोगमात्र हुने भएकाले नेपालमा यो उद्योग सञ्चालन गर्न उद्योगीहरू उत्साहित बन्न नसकेको हो । खपत कम हुने र बढी खपत होलिमा मात्रै हुने भएकाले पनि करोडौँ खर्चेर अबिर, केसरी बनाउने उद्योग सञ्चालनमा कसैले सोच नबनाएको अग्रवालको भनाई छ ।

अबिर केसरी लगायतका सामग्रीको उत्पादन नेपालमा नहुने भएकाले नेपाली ब्यापारीहरूले भारतबाट आयात गर्ने गरेका छन् । सिजनमा मात्र बढी चल्ने उद्योग सञ्चालन गरेर ब्यबसायमा नोक्सानी कसैले नचाहने भएकाले पनि अबिर,केसरी जन्य बस्तुको उत्पादन स्वदेशमा नभएको हो ।

होलिमा अबिर र रङ्ग तराईमा बढी प्रयोग हुन्छ र तराईका प्राय सबै ठूला शहर बजार भारतीय बजार सँग सटेका छन् र अधिकांश अबिर सामग्री उतैबाट खरीद गरी आउने भएको र भारतीय उत्पादन सँग प्रतिष्पर्धा गर्न पनि नसकिने भएकाले यो उद्योग तर्फ सोच नबनाएको व्यवसायीको धारणा छ । अहिले रूपन्देहीका बजार बजार चोक चोकमा अबिर बिभिन्न रङ्गमा, पिचकारी बेलुन लगायतका सामग्री बिक्रीका लागी राखिएका छन् । नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता रहेको व्यवसायी संभुनाथ केशरीले बताए । पछिल्लो केही बर्ष देखि चाइनिज पिचकारी र बेलुन समेत बजारमा आउने गरेका छन् ।

भारतीय भन्दा सस्तो र राम्रो र टिकाउ हुने भएकाले उपभोक्ताले मन पराउन थालेको केसरवानीको भनाई छ । अबिर, केसरी लगायत अन्य रङ्गहरूको नेपालमा माग पर्व र होलिका समयमा हुने गरेको छ । नेपालमा यी सामग्रीहरू नपाइने हुँदा भारतबाट आयात गरी नेपालमा बिक्री हुने गरेको छ । प्राय व्यवसायीहरूले दिल्लीबाट अबिर लगायतका सामग्री ल्याएर बिक्री बितरण गर्ने गरेका छन् । यस पटक काठमाण्डु लगायत पहाडी जिल्लामा होली पर्व (फागु पूर्णिमा बिहीबार मनाइयो भने तराईका जिल्लामा आज (शुक्रबार) मनाइदैछ

 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version