श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – अङ्ग्रेजी वर्ष २०२४ लाई बिदा गर्दै २०२५ को स्वागतमा भैरहवामा आज सडक खाना महोत्सव (फुड फेस्टिवल) हुदैछ।
सडकमा जाऔं, सडकमै खाऔं, सडकमै रमाऔ भन्ने नारासहित उद्योग ब्यापार सङ्गठन रूपन्देहीको आयोजनामा बेलुकी ६ बजेदेखि मध्यरात १२ बजे सम्म नयाँ वर्षलाई स्वागत गर्दै खाना महोत्सव आयोजना हुदैछ ।
भैरहवाको प्रहरी टोलमा सडक खाना महोत्सव हुने आयोजक सस्था उद्योग व्यापार सङ्गठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताउदे तयारी पुरा भएको जनाए।
सानू डिपार्टमेन्ट अघि मन्च बनाइएको छ भने. मिलन चोक सम्म सडकको एकतर्फ स्टल रहने ब्यवस्था मिलाइएको छ। सडक खाना महोत्सवमा यस क्षेत्रका तारे होटल देखि रेष्टुरेन्ट, विभिन्न जातजाति, समुदाय, सङ्घसंस्थाका खानाका परिकारका ५० स्टल रहने छ । महोत्सवमा नेवारी, मगर, गुरुङ, थारु, थकाली, लगायत विभिन्न जातजातिका खानाका परिकार साथै नेपाली विभिन्न खानाका स्वाद एवम् इन्डियन, चाइनिज लगायत खानाका स्वाद उपलब्ध हुने आयोजकको भनाई छ ।
भैरहवा र वरपर साथै यहाँका स्थानीय तह र छिमेकी भारतीय नागरिकको समेत उपस्थितिमा हुने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमले महोत्सव थप आकर्षित बन्ने अपेक्षा रहेको आयोजकले बताएका छन् । सडक खाना उत्सवमा सांस्कृतिक कार्यक्रममा स्थानीय तथा रास्ट्रीय कलाकार को प्रस्तुति तथा डिजे कार्यक्रम समेत रहनेछ।
सडक खाना महोत्सवको सह–आयोजकको रुपमा सिद्धार्थनगर नगरपालिका र युनिक साउण्ड भैरहवा रहेको छ।
