सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा नेत्र आचार्य निर्बिरोध निर्वाचित, बरिस्ठ , कर्पोरेट र उद्योग उपाध्यक्ष , महासचिव, कोषाध्यक्ष र सचिव सहित ४ सदस्य पनि निर्बिरोध

शम्भु पन्त /श्रीन्यूज ओके 


भैरहवा – सिद्धार्थ उद्योग बाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्षमा नेत्र प्रसाद आचार्य निर्बिरोध भएका छन ।बर्तमान कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष समेत रहेका आचार्यको मात्रै अध्यक्ष पदमा उम्मेदवारी परेपछि उनी निर्बिरोध भएका हुन।

त्यसै गरि बरिस्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु निर्बिरोध भएका छन । सो पदमा पनि अन्य कसैको उम्मेदवारी नपरेपछि बर्तमान कार्यसमितीमा उद्योग उपाध्यक्ष समेत रहेका कान्दु निर्बिरोध भएका हुन।

त्यस्तै गरि कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, उद्योग उपाध्यक्षमा गोबिन्द ज्ञवाली, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी , सचिवमा मंगल भण्डारी समेत निर्बिरोध निर्वाचित भएका छन । सबै जना बर्तमान कार्यसमितीका पदाधिकारी हुन र एकै पदमा दोहोरिएका छन।

 
त्यस्तै गरि कर्पोरेट सदस्यमा विकास कुमार गोयनका र अर्पित कुमार अग्रवाल निर्बिरोध निर्वाचित भएका छ्न । दुबै जना बर्तमान कार्यसमितीमा कर्पोरेट तर्फ बाट सदस्य हुन र दुबै दोहोरिएका छन ।
उता बस्तुगत सदस्य तर्फ प्रीतम रौनियार र महिला उद्योग सदस्य तर्फ विष्णुमाया शर्मा पौडेल निर्बिरोध निर्वाचित भएका छन ।

अन्य पदहरु उपाध्यक्ष (बाणिज्य), सह- कोषाध्यक्ष , महिला सदस्य (उद्योग) , तथा खुल्ला सदस्य उद्योग तर्फ( ५ सिट) र बाणिज्य सदस्य तर्फ १० सिट मा भने निर्वाचन हुने भएको छ ।

बाणिज्य उपाध्यक्षमा बर्तमान कार्य समिती सद्स्य यमकला न्यौपाने को साथै दिपक पौडेल र हरि थापाको समेत उम्मेदवारी रहेको छ।

सह – कोषाध्यक्षमा संजय कुमार बेरिवाल र पल्लवी न्यौपाने को उम्मेदवारी परेको छ बेरिवाल बर्तमान कार्यसमितीमा सह – कोषाध्यक्ष हुन भने न्यौपाने उद्योग तर्फको महिला सदस्य हुन ।

महिला सदस्य तर्फ (वाणिज्य) बर्तमान कार्यसमिती सदस्य मीना पन्थी र सुनयना के.सी. गिरीको उम्मेदवारी परेको छ ।

उद्योग सदस्य( खुल्ला) मा ५ पदका लागि ९ जनाको उम्मेदवारी परेको छ ।
कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ,तेजेन्द्र यादव,दिपेन्द्र पौडेल,सृजना काकी जोशी,ओम जैशी, रचना क्षेत्री र विजय अधिकारीको उम्मेदवारी परेको हो ।

त्यस्तै गरि बाणिज्य सदस्य(खुला) तर्फ १० पद का लागि पूजा आचार्य, सन्दीप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयूर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल,
अर्जुन कार्की,रमेश कानू,कृष्ण प्रसाद अधिकारी,यज्नय प्रसाद वेल्वासे, उप्रेन्द्र यादव,विरेन्द्र ज्ञवाली,चन्द्रकान्त भट्टराई, जवाहीर अग्रहरी, हरिश सेठीया धर्मविर शर्मा,गंगा सागर अग्रहरी, प्रकाश रेग्मी गरि १९ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले बताए ।

संघको बार्षिक साधारण सभा तथा अधिबेशन यहीँ फागुन २३ र २४ गते हुदैछ । निर्वाचन एवम मतदान २४ गते हुने संघका बर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताएसंघमा यस पटक कुल मतदाता २ हजार १ सय ३८ जना रहेका छन

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version