सिद्धार्थ उद्योग वाणिज्य संघमा पदस्थापन

शम्भु पन्त/ श्रीन्यूज  ओके


भैरहवा- निजि क्षेत्रको छाता संगठन सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देही भैरहवाको नव निर्वाचित पदाधिकारीहरुको  पदस्थापन समारोह  बुधबार सम्पन्न भएको छ ।  
संघको भैरहवा स्थित कार्यालयको सभाहलमा  सम्पन्न कार्यक्रममा गत फागुन २३-२४ गते भएको औं वार्षिक साधारण सभा तथा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन भएको हो ।
निर्वाचित पदाधिकारीहरुलाइ मुख्य निर्वाचन अधिकृत शिव गौडेलले पद तथा गोपनियताको सपथ गराए पछि नव अध्यक्ष नेत्र प्रसाद आचार्यलाई अध्यक्ष( बर्ष २०७९- २०८१) ठाकुर कुमार श्रेष्ठले पदस्थापन गराएका थिए ।
 वार्षिक साधारण सभा बाट अध्यक्षमा नेत्र प्रसाद आचार्य, बरिस्ठ उपाध्यक्षमा दिलिप कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहित अग्रवाल, उद्योग उपाध्यक्षमा गोबिन्द ज्ञवाली, वाणिज्य उपाध्यक्षमा हरि बहादुर थापा, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल मरासिनी , सचिवमा मंगल भन्डारी, सहकोषाध्यक्षमा पल्लवी न्यौपाने , एसोसियट सदस्यमा अर्पित अग्रवाल, बिकास गोयनका, बस्तुगत सदस्यमा प्रीतम रौनियार, महिला सदस्य बिष्णु माया शर्मा(वाणिज्य), मिना पन्थी ( उद्योग), उद्योग सदस्य( खुल्ला) मा अभिनव थापा, कमल ज्ञवाली, ओम जैशी,  दिपेन्द्र पौडेल र रचना क्षेत्री तथा वाणिज्य सदस्यहरुमा धरमवीर शर्मा,विशाल जैशवाल,अभिनव मयूर कसौधन, पुजा आचार्य,रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल, हरिश सेठीया , सागर अग्रहरी, प्रकाश रेग्मी  निर्वाचित भएका थिए ।

पदस्थापन समारोहका प्रमुख अतिथी सिद्धार्थनगर  नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले उद्योग  वाणिज्य क्षेत्र चलायमान बनाउन सबैले आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने  बताए ।

कार्यक्रममा नव अध्यक्ष नेत्र प्रसाद आचार्यले आफुले बोलेको कुराहरु पूरा गर्ने र बजारलाई आर्थिक  रुपमा गुलजार बनाउन , उद्योग ब्यवासाय क्षेत्रको समस्या समाधानका लागि जिल्ला देखि केन्द्र सम्म पैरवी गर्ने , लगायत उद्योगि ब्यवासायीको हितमा सदैब लागने बताए ।

निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आफ्नो कार्यकालमा महत्त्वपूर्ण कार्यहरु भएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ  लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगरकि उप प्रमुख उमा अधिकारी , संघका महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले मन्तव्य राख्दै उद्योग बाणिज्य ब्यवसाय क्षेत्रको बारेमा चर्चा गरेका थिए ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version