श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
मारवाडी सेवा संघ, भैरहवा स्थित परीसरमा अवस्थित श्री हनुमान मन्दिर स्थापनाको २५ औं बार्षिक उत्सव(रजत जयन्ती)का अवसरमा आज शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको परीसरमा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक अजय पारखले बताए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको थियो । रक्तदान कार्यक्रमका सहभागिहरुलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, सिद्धार्थनगर नगर पालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, मारवाडी सेवा संघका अध्यक्ष श्रवण बेरीवाल, निबर्तमान अध्यक्ष हेमन्त अग्रवाल लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
मारवाडी सेवा संघ, मारवाडी युवा मञ्चका सदस्यहरु, भैरहवाका व्यवसायी, सुरक्षा निकायका प्रतिनिधी, शिक्षक, बिद्यार्थी, समाजसेवी, पर्यटन व्यवसायी लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम आफनो सस्थाले नियमित रुपमा आयोजना गर्दै आएको र अहिले संघको परीसरमा स्थापित श्री हनुमान मन्दिर स्थापनाको २५ वर्ष समेत पुगेकाले रक्तदान जस्तो पुण्य कार्यक्रम आयोजना गरीएको सस्थाका अध्यक्ष श्रवण बेरीवालले जनाए ।
श्री हनुमान मन्दिर स्थापनाको चैत्र ३ गते २५ वर्ष पुग्दैछ । सो अवसरमा शनिबार बिहान झाँकी सहितको निशान यात्रा बिहान ७ बजे नारायण स्थान मन्दिर बाट निकाली श्री हनुमान मन्दिर परीसरमा पुगेर समापन हुने कार्यक्रम रहेको र बेलुकी ६।३० बजेबाट किर्तन एवं ज्योत कार्यक्रम मारवाडी सेवा संघ परीसरमै हुने अध्यक्ष बेरीवालले बताए ।