आई बि यस लुम्बिनीमा रक्तदान 

लुम्बिनीमा अवस्थित अन्तर्राष्ट्रिय बौद्ध समाजको ३३ औं वार्षिकोत्सव तथा २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर २९ औं रक्तदान कार्यक्रमको आयोजना भएको छ । आइतबार समाजको केन्द्रिय कार्यालय प्राङ्गणमा रक्तदान हुँदा ४८ जना रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदानलाई मानव जीवनको महानतम कार्य मान्ने भगवान बुद्धको पथ अनुसरण गर्दै बौद्ध मार्गी तथा गृहस्थी समेत गरि ४८ जना दाताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए । समाजका संरक्षक एवं अध्यक्ष भिक्षु मैत्री महास्थवीरले त्यस क्षेत्रका नियमित रक्तदाता तथा सर्वाधिक पटक रगत दान गर्नुभएका उपेन्द्र अधिकारीलाई रगत  ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । अधिकारीले यस पल्ट ६३ औं पल्ट रक्तदान गरे ।

युसियमयस भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न यस कार्यक्रममा प्रभु बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नविल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ, बुद्धमाया होटल, लुम्बिनी विकास कोष लगायतका संघ संस्था तथा व्यक्तिहरूको सहयोग रहेको थियो ।

 

यस संस्थाले हरेक बर्स आफ्नो नियमित क्यालेण्डरमा राखी विगत २९ बर्ष देखि नै रक्तदान, जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगिता, बुद्ध अस्थिधातु प्रदर्शनी, तथा बुद्ध जयन्ती मनाउँदै आएको छ ।

यस अवसरमा सम्पूर्ण सहयोगी संस्थाहरू तथा दाताहरूलाई विषेश धन्यवाद दिदै कार्यक्रमले समग्र लुम्बिनी बासीहरूले लाभ लिन शकुन भन्ने धारण भिक्षु मैत्री महास्थवीरले व्यक्त गरे ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version