झरना स्पोर्टस क्लब क्वाटरफाइनलमा

श्रीन्यूज ओके रिपोर्टर।भैरहवा


झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीको ओमसतिया,कर्मडाडामा सञ्चालन भैरहेको ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न प्रिक्वाटरफाइनल खेलमा झरनाले न्यु सृजना युवा क्लब, करौजियालाई ३–२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुनिश्चित गरेको ।

झरनाका लागि असिम नेपालीले दुई गोल गरे भने थप एक गोल रोशन थापाले गरे । न्यु सृजनाका लागि सुजन थापा र समिर नेपालीले गोल गरेका थिए ।झरनाका असिम नेपाली म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २  लाख२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा  १२ टोलीहरुको सहभागिता छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version