भैरहवा– तैयब अलि पेसाले कपाल काटने काम सैलुन गर्छन् । ३२ वर्ष देखि यो पेसा गरेका उनले पुख्र्यौली पेसाका रुपमा यो पेसालाई उनले अहिले पनि अँगालेका छन् । उनको बुवाको भैरहवा बर्मेलीटोलमा नेपाल हेयर कटिंग सञ्चालनमा थियो।
बुवा सँग उनी सानै उमेर देखि पसल जाने गरेका उनले बिस्तारै कपाल काटन सिकेका थिए । बुवाको उमेर ४४ वर्ष हुँदा अल्सरका कारण निधन भयो । त्यतिबेला उनको उमेर १४ वर्ष मात्रै थियो, अहिले ५० वर्षका छन् तैयब ।
बुवाको निधन पछि एक वर्ष सम्म जसो तसो नेपाल हेयर कटिंग सञ्चालन भयो । त्यसपछि भने सधैँका लागी बन्द भयो, उनले भने ।
बुवा सँगसँगै आउँदा मैलेकैँची चलाउन सिकिसकेको थिए , काम सिकाउदै गर्दा बुवाको निधन भयो तर मैले पेसा छाडिन, हामीलाई आफ्नो पसल चलाउन गाह्रो भयो, घरमा म बाहेक अरुले कैँची चलाउन सिकेनन ,म पनि आलोकाँचो र केटाकेटी उमेरकै भएकोले हाम्रो पसलमा खासै ग्राहक आँउदैन थिए, पछि पसलनै बन्द गर्न बाध्य भइयो, तैयबले भने ।
रोजगारीका क्रममा त्यसपछि उनी नेपालका बिभिन्न स्थानमा गएको बताउँछन् । काठमाण्डौको पाँचतारे हायातमा २ वर्ष काम गरेको स्मरण गर्दै तैयबले भने, करीब ८ वर्ष सम्म नेपाल साथै भारतको दिल्ली, बम्बई, लखनउ लगायतका स्थानमा कपाल काटने काम गरे ।
नेपाल र भारत पछि मैले सन् २००५ मा कतारमा जाने मौका पाए । भाइले भिसा पठाइदियो र म त्यतातिर हानिए । जाने बित्तिकै पेसा अनुसार काम पनि पाए मासिक ७ सय रियालमा कपाल काटने कतारको सुमर शहरमा सैलुनमा काममा लागे, उनले भने ।
६ महिना पछि सो कपाल काटने सैलुन आफैले ७ हजार रियालमा खरीद गरी एकजना कामदार समेत राखी व्यवसाय सुरु गर्दा मासिक ९० हजार सम्म उनले बचत गर्ने गरेको स्मरण गर्छन् । १० वर्ष सम्म कतारमा बसेका उनी प्रत्येक ६ महिनामा घर भैरहवा आउने र कम्तिमा २५ दिन सम्म बसेर जाने गरेको उनी बताउँछन् ।
सन् २०१७ मा घर बिदामा आएका उनी त्यसपछि फर्केर कतार जान चाहेनन् । आप्नै देशमा केही गरम भन्ने सोच आयो र कतारमा सञ्चालनमा रहेको हेयर कटिंग पसल त्यसै छाडे । नेपालमै केही गरूँ भन्ने हटहुटी थियो, एक दुई वर्ष त्यसै बित्यो, पछि कोरोना सुरु भयो, केही गर्न पाईएन, पछि कोरोना कम भए पछि यही सैलुन सञ्चालन गर्ने निर्णय गरे र ३ वर्ष अघि भैरहवा मैत्रीपथमा अनइच युनिसेक्स सैलुन ९ लाख खर्च गरी सञ्चालनमा ल्याए , उनले भने ।
तर अहिले व्यापार छैन् । कपाल काटने युवाहरु(ग्राहक) कोही खाडी त कोही युरोप दिनहु गैरहेका छन् ,उनले भने । अहिले मलाई कतारमा राम्रो चलेको व्यवसाय छाडेर नेपालमै केही गर्छु भनेर कतार नजाने जुन निर्णय गरे त्यो जिन्दगीको ठुलो भुल र गल्ती गरेको महसुस भएको छ, उनले भने । अब उमेरले पनि जान दिदैन् । जिन्दगीमा कतारबाट फिर्ता आएर ठुलो गल्ती गरे, उनले दोहोरयाउदै भने । उनले राम्रो काम गरीरहेका साथीभाईलाई नेपालमै केही गर्छु भन्ने सोच छ भने तत्काल त्यहाको काम छाडेर नआउन आग्रह समेत गरेका छन् ।
मैले कतारमा सबै त्यागगरे । पसल बिक्री गरेर आएको भए कम्तिमा ३० हजार रियाल आउथ्यो, त्यो सबै डुबाए, अहिले बंगालीले पसल चलाएको छ, उनले भने । कतार हुदा मासिक ९० हजार बचत गर्ने उनि अहिले यहा आएर ऋणको भार थपिएको बताउँछन् ।
पसलको आम्दानीले घरभाडा र दुई कामदारको तलब मुस्किलले पुग्ने गरेको उनी बताउँछन् । अहिले पसल आउने जाने मात्र भैरहेको छ, उनि भन्छन् । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बसडिलवा, शिव मन्दीर क्षेत्रमा श्रीमती, ३ छोरी र एक छोराका साथ बस्दै आएका छन् । उन्लाई जिन्दगीको एउटै पछुतो कतार नफर्केको रहेको छ । म कहिल्यै बिर्सिन्न यो भुललाई उनले भने ।
This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy. I Agree