आफ्नो प्रेमिका सार्वजनिक गरे आदित्य नारायणले: भन्छन् यसै वर्ष बिहे गर्छु

एजेन्सी, नेहा कक्कडले हालै रोहनप्रीत सिंहसँगको आफ्नो सम्बन्धबारे पुष्टि गरेकी छिन् । नेहाले आफ्नो सम्बन्ध पुष्टि गरेपछि अब आदित्य नारायणले पनि श्वेता अग्रवालसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका छन् । आदित्यले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानी आफ्नी प्रेमिकाबारे जानकारी दिएका छन् । उनले भने, ‘मैले श्वेतालाई फिल्म श्रापितको सेटमा भेटेको हुँ र हामीबीच राम्रो बन्डिङ भयो ।

त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी साना नै थियौं र आफ्नो करियरमा केन्द्रीत हुन चाहन्थ्यौं । प्रत्येक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आए । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ ।’ आदित्यले थपे, ‘मलाई याद छ कि वर्षौं अघि मेरो र श्वेताको ब्रेकअप भएको छ भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यसैले श्वेतासँग कतै बाहिर जान मुश्किल भएको थियो । मलाई थाहा छ कि सम्बन्धमा समस्या आउँछन् तर यसको यो अर्थ होइन कि सबैकुरा समाप्त भयो । आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिन्ने कोसिस गरिरहेका थियौं । त्यसैले यत्तिका वर्षको सम्बन्धपछि अब हाम्रो विवाह गर्ने समय आएको छ ।’ नेहाको विवाह बारे प्रश्न सोध्दा उनले भने, ‘सायद म नेहाको विवाहमा जान पाउँदिन होला किनभने मेरो काँधमा चोट लागेको छ ।’एजेन्सीको सहयोगमा

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version