श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
बर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
गृहमन्त्री खाँणले रुपन्देही सदरमुकाम भैरहवा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गृहमन्त्री खाँणले क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराए संगै प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले प्रदेश सभा क बाट तथा (ख)बाट नेपाली काँग्रेस रुपन्देहीका पुर्ब सभापति रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।
रुपन्देहीमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, एकीकृत सामाजबादी, लोकतान्त्रिक समाजबादी पार्टी, सपा र जनमोर्चाको गठबन्धन रहेको छ ।
उम्मेदवारी दर्ता पछि गृहमन्त्री खाँणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।