श्री न्यूज ओके रिपोर्टर
भैरहवा – श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्ट क्रिकेटको उपाधी आयोजक विश्वकर्मा युवा समाज रुपन्देहले जीतेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा आयोजीत फाइनलमा आयोजकले तिलोत्तमा(१ लाई पाँच विकेटले हराउँदै उपाधी सँगै बिस हजार रुपैया नगद पुरस्कार समेत प्राप्त गरेको छ। उपविजेताले ट्रफि र १० हजार रुपैया प्राप्त गरेको छ। फाइनलमा जीतको लागी पाएको ५७ रनको लक्ष्य आयोजकले सहज रुपमा पुरा गर्दै पाँच विकेटले जीत हात पारेको खेल संयोजक ऋषव विश्वकर्माले बताए ।
फाइनलखेलमा आयोजक टिमका विजय रसाइलीले ३२ रन बनाएका थिए । प्रतियोगीतमा बेष्ट उत्कृष्ट व्याट्सम्यान तिलोत्तमा(१ का विशाल गोतामे उत्कृष्ट बलर विश्वकर्मा युवा समाजका रतन वि।के। तथा इमर्जीङ्ग प्लेयर सिद्धार्थ सुनचाँदी व्यवसायी संघका सन्दी शिर्पाली घोषित भई पुरस्कृत भए।
१२ टिमको सहभागीता रहेको प्रतियोगीताको उद्घाटन क्रिकेट संघ रुपन्देहीका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले गरेका थिए भने पुरस्कार वितरण मुख्य प्रायोजक संस्था श्री दाउन्न ञओशोका केसवविक्रम खड्काले गरेका थिए । खड्कासँगै संस्थाका अध्यक्ष अमितकुमार सेन्चुरी लगायतले पुरस्कार वितरण गरेका थिए।
(न्यूज ओके साप्ताहिकको २०८२ बैशाख११ गते बिहीबारको अंकमा प्रकाशित समाचार)