• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 21, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

विश्वका दुई ठुला राज्य अमेरिका चीन द्वन्द्व बढ्नुका कारण

Shree News Ok by Shree News Ok
३ कार्तिक २०७७, सोमबार ०५:३२
37 0
36
SHARES
70
VIEWS

३ कात्तिक, काठमाडौं ।
विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध यतिबेला इतिहासकै नाजुक अवस्थामा छ । चार वर्षअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भएपछि बिस्तारै तनावको दिशातर्फ उन्मुख द्विपक्षीय सम्बन्ध झनै बिग्रँदो छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा नै ट्रम्पले चीन विरोधी नीति लिएका थिए । सोही नीति कार्यान्वयन गर्दै जाँदा चीनसँगको अमेरिकाको सम्बन्ध बिग्रेको हो । त्यसैले पनि ट्रम्प यस मामिलामा त्यति चिन्तित देखिदैनन् । त्यसो त चीनसँग अमेरिकाको पहिला पनि राम्रो सम्बन्ध भने थिएन । तर, ट्रम्पको आगमनले भने यो सम्बन्ध थप चिस्याउने काम गर्‍यो । यहाँ अमेरिका चीन सम्बन्ध अहिलेसम्मकै कमजोर अवस्थामा आउनुका कारणहरु यहाँँ प्रस्तुत गरिएको छः

व्यापार युद्ध

अमेरिका चीनको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको चीनसँग उसको व्यापार घाटा पनि धेरै छ । त्यसैले ट्रम्पले व्यापारघाटा घटाउने नीति लिए र केही कदमहरु चाले तर चीनले आफ्नो नीतिमा कुनै पनि परिवर्तन ल्याएन । त्यसपछि सन् २०१८ देखि अमेरिका र चीनले विभिन्न चरणमा एकअर्कामाथि अतिरिक्त भन्सार शुल्क लगाउँदै आएका छन् । बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले चीनबाट आउने पाँच खर्ब ५० अर्ब डलरभन्दा बढी मूल्यका चिनियाँ सामग्रीमा र चीनले पनि एक खर्ब ८५ अर्ब डलरभन्दा बढीका अमेरिकी सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाएका छन् । लामो समयको रस्साकस्सीपछि गत जनवरी १५ मा दुई मुलुकको बीचमा पहिलो चरणको व्यापार सम्झौता भएको थियो । तर, यो सम्झौता पनि कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण पालना हुन सकेको छैन । यसै क्रममा अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध पनि लगाइसकेको छ । त्यसैले व्यापार र प्रविधिका विषयमा दुई देशबीच द्वन्द्व बढिरहेको छ ।

मानव अधिकारको मुद्दा

अमेरिका चीनबीच मानव अधिकारको विषयमा पनि विवाद रहेने गरेको छ । पछिल्ला वर्षहरुमा अमेरिकाले यो मुद्धालाई झनै चर्काएको छ । अमेरिकाले सिन्चियाङ प्रान्तमा रहेका वीगुर मुस्लिमहरु माथि चिनियाँ अधिकारीले ज्यादती र दमन गर्दै आएको आरोप लगाउने गरेको छ । यद्यपि चीनले भने उक्त आरोप अस्वीकार गर्दै आफ्ना नागरिकको मानव अधिकारको विषयमा आफू संवेदनशील रहेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

दक्षिण चीन सागरको विवाद

अमेरिकाले चीनमाथि दक्षिण चीन सागरमा आफ्नो दादागिरी देखाउने गरेको आरोप लगाउने गरेको छ । दक्षिण चीन सागरमा चीन, ताइवान, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र भियतनामले आफ्नो दाबी गर्दै आएका छन् । यसै क्रममा पछिल्लो समय अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो निगरानी बढाएको छ । दक्षिण चीन सागरमा निगरानी गर्ने क्रममा अमेरिकाले गत सेप्टेम्बरमा ६० ओटा जासुसी विमान चीन नजिकै पठाएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको थियो ।

कोरोना भाइरस

कोरोना भाइरस (कोभिड १९) को महामारी चीनबाट सुरु भयो । यो महामारी सुरु भएपछि यसअघिको नराम्रो सम्बन्धलाई भुलेर अमेरिका र चीनले एकसाथ यसविरुद्ध लड्ने अपेक्षा गरिएको थियो । तर, यो महामारीले दुई मुलुकको सम्बन्ध थप नराम्रो बन्न पुग्यो । सुरुमा भाइरसको उत्पत्तिको विषयमा देखिएको विवाद देखिएको थियो । पछिल्लो केही समययता ट्रम्पले चीनले महामारीको मूल्य चुकाउनुपर्ने बताउँदै आएका छन् । तर, चीनले भने ट्रम्पको दाबी निराधार रहेको बताउँदै आएको छ । यतिसम्म कि अमेरिकी राष्ट्रपतिले यसलाई चिनियाँ भाइरस समेत भने ।
स्तै महामारीको समयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चीनको साथ दिएको भन्दै अमेरिकाले डब्ल्यूएचओबाट बाहिरिने र उसलाई दिँदै आएको कोष पनि रोक्ने निर्णय गरिसकेको छ ।

ताइवान मुद्दा

कोरोना महामारीमा चीनसँग निकट रहेर पनि यसको नियन्त्रणमा सफल रहेको ताइवान पनि अमेरिका चीन सम्बन्ध नराम्रो बन्नुको एक कारण हो । विशेषगरी उसले कोरोनाविरुद्ध पाएको सफलता समग्र विश्वले अनुकरण गर्न सक्ने भन्दै उसलाई डब्ल्यूएचओमा प्रवेश दिनुपर्ने अमेरिकाले बताउँदै आएको छ । तर, चीनले ताइवानलाई आफ्नो हिस्सा बताउँदै आएको छ । डब्ल्यूएचओमा संयुक्त राष्ट्रसंघको सदस्य भएका मुलुकले मात्र सामेल हुन पाउँछन् । चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो एक हिस्साको रुपमा छान्न आफूसँग दौत्य सम्बन्ध कायम रहेका मुलुकलाई आग्रह गर्दै आएको छ । तर, अमेरिकाले भने उक्त नीति अस्वीकार गर्दै आएको छ । जसले दुई मुलुकको सम्बन्ध थप चिसिएको हो ।

हङकङको सुरक्षा नीति

कोरोना महामारीकै बीचमा चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन ल्यायो । यो सुरक्षा कानुनमा गरिएको व्यवस्थामा हङकङका नागरिकहरुमाथि थप केही अंकुश लगाइएको छ भने हङकङमा चीनको प्रभाव कायम राख्न एक कार्यालय पनि स्थापना गरिएको छ । जुन कार्यालयका अधिकारीले स्थानीय कानुन पनि मान्नुपर्दैन । यो कानुन सन् १९९७ मा हङकङ बेलायतले चीनलाई सुम्पिँदा भएको सम्झौताको उल्लंघन भएको भन्दै अमेरिका र बेलायतले विरोध गरिरहेका छन् । यद्यपि चीनले भने हङकङमा जारी आन्दोलन नियन्त्रण र शान्ति स्थापनाको लागि यो नियम आवश्यक रहेको भन्दै आफ्नो कदमको बचाउ गर्दै आएको छ ।

तिब्बत मुद्दा

यसैबीच पछिल्लो समय अमेरिका र चीनको बीचमा तिब्बतको मुद्दामा विवाद देखिएको छ । बुधबार अमेरिकी विदेशमन्त्रीले तिब्बतको लागि मानव अधिकार दूत नियुक्त गरेसँगै दुई मुलुकको बीचको विवाद झनै बढेको हो । अमेरिकाले यो कदमको चीनले विरोध गर्दै अमेरिकाले तिब्बतको स्थायित्व नचाहेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । साथै अमेरिकाले अनावश्यकरुपमा आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको चीनको आरोप छ ।

हिन्द महासागर रणनीति

अमेरिकाले अगाडि बढाएको इन्डोप्यासिफिक रणनीति अमेरिका र चीनबीच द्वन्द्व बढ्नुको अर्को कारण हो । विशेषगरी एसिया प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई कम गर्न अमेरिकाले यो रणनीति ल्याएको हो । चीनले यसको व्यापक विरोध गरिरहेको छ । त्यस्तै चीनले आफ्नो बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) परियोजनालाई जवाफ दिन एमसीसी परियोजना ल्याएको बताइरहेको छ । अमेरिका चीनबीच बढ्दो द्वन्द्व कम्तीमा अमेरिकी निर्वाचनसम्म कायम रहने देखिन्छ । त्यसपछि राष्ट्र्रपतिमा को निर्वाचित हुन्छ, त्यसले धेरै विषय निर्धारण गर्छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?