श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा आज(मंसिर २० गते बिहीबार) देखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा लुम्बिनी महोत्सव सुरु हुदैछ ।
स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने, पर्यटन क्षेत्रको प्रसारप्रसारमा मद्दत गर्ने लक्ष्य सहित संघले महोत्सव सुरु गर्न गैरहेको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले बताए । महोत्सवको यो नवौं अध्यायहो ।
‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछन्, मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन समेत महोत्सवमा बिक्री एवं प्रबद्र्धनका लागी राखिनेछ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक कृषिलाई पनि महत्व दिएका छौं । यससँगै पर्यटन र औद्योगिक क्षेत्रको समेत बजारीकरण हुनेछ ।’ ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवलाई यसपटक विशेष बनाउने अध्यक्ष श्रेष्ठले बताए ।
संघका बरिष्ठ उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सहसंयोजक नेत्रप्रसाद आचार्यले महोत्सवले स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने, स्थानीय बजारमै खरीदारी गर्न जागरुक बनाउने, स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्ने जनाए । ‘रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने काम यो महोत्सवले गर्नेछ’, आचार्यले भने ।
‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्येक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण हुने, संघका महासचिव कृष्णप्रसाद घिमिरेले जनाए ।‘यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुनेछ, घिमिरेले भने ।
महोत्सवकै बीचमा मंसिर २६, २७ र २८ गते तीन दिन कृषि क्षेत्रमा माटोको निःशुल्क परीक्षण हुनेछ । यसका लागि छुट्टै कृषि प्याभेलिएन बनाइएको छ । विगतभन्दा फरक र आकर्षक शैलीमा स्टल बनाइएको छ भने बालउद्यान झनै आकर्षित रहेको आयोजकले जनाएका छन् ।
महोत्सव अवधिमा कौशी खेती तालिम, मेहन्दी बनाउने तालिम, टिकटक प्रतियोगिता, भैरहवा डान्स आइडल, भ्वाइस अफ भैरहवा हुनेछ ।
महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको र बुद्धस्थलका फोटो प्रदर्शनी र जानकारी पुस्तिका उपलब्ध हुनेछ पर्यटन समितिका संयोजक कैलाश गुप्ताले बताए । महोत्सवको टिकट काट्ने दर्शकका लागि पुस मसान्तसम्मका लागि लुम्बिनी केलबकारमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ, गुप्ताले भने ।
महोत्सव स्थलमा निःशुल्क नेपाल टेलिकमको सिमकार्ड वितरण गरिनेछ । मेला अवधिमा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकारवालासँग अन्तरािक्रया पनि हुनेछ । महिला उद्यमी, हस्तकलालाई अवस्था हेरेर ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले बताइन् ।
कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा भित्रिएको नवीनतम प्रविधि, कृषि औजार, मल, परामर्श लगायत स्थानीय उत्पादन समावेश गरिने छ । कृषिका विभिन्न विधा जस्तै कुखुरापालनको अण्डा, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, केरा खेती, च्याउ र च्याउका परिकारहरुको विक्री तथा प्रदर्शनी गरिनेछ । यस्तै घरेलु अचार, मह, हस्तकलाका सामाग्री, गुन्द्रुक लगायतका सामाग्री विक्रीका लागि राखिने छ ।
यस्तै मुस्ताङको स्याउ, स्याउका परिकारहरु, मर्चवारको तरकारी, प्यासन फल, मकै, दैलेखको गेडागुडी लगायत पूर्वदेखि पश्चिम सम्मका कृषि जन्य उत्पादनहरु मेलाको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा ४० जिल्लाका उत्पादनको प्रशर्दनी हुने छ । ३ सय स्टल रहने महोत्सवमा बिद्युथिय गाडी सहित अटोको समेत विशेष प्रदर्शनी हुनेछ ।
महोत्सव प्रचारप्रसार समिति संयोजक समेत रहेका संघका सचिव मंगल भण्डारी जिल्लाका ग्रामीण र सहरी क्षेत्रसँगै नजिकका भारतीय बजारमा समेत प्रचारप्रसार गरिएको बताए ।
महोत्सवको आज दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने तय भएको छ । उदघाटन पुर्व भैरहवा क्षेत्र र वरपरका बिभिन्न ३ सय बढी संघसस्थाहरुले बिभिन्न किसीमका झयाकी सहितको र्याली आयोजना गर्दैछन् । बिहान १०.३० बजे बाट देबकोटाचोक बाट सुरु हुने र्याली बैंकरोड, मिलनचोक, नारायणपथ, बर्मेलीटोल, बुद्धचोक,अञ्चलपुर हुदै महोत्सव स्थलमा पुगी समापन हुने र्याली संयोजक रचना क्षेत्रीले जानकारी दिइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.