श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – अङ्ग्रेजी वर्ष २०२४ लाई बिदा गर्दै २०२५ को स्वागतमा भैरहवामा सडक खाना महोत्सव फुड फेस्टिवल) आयोजना हुने भएको छ। सडकमा जाऔं, सडकमै खाऔं, सडकमै रमाऔ भन्ने नारासहित उद्योग ब्यापार सङ्गठन रूपन्देहीको आयोजनामा बेलुकी ५ बजेदेखि मध्यरात १२ बजे सम्म नयाँ वर्षलाई स्वागत गर्दै खाना महोत्सव आयोजना हुन् गैरहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । डिसेम्बर ३१ तारिख अर्थात पुस १५ का दिन भैरहवाको प्रहरी टोलमा सडक खाना महोत्सव हुने आयोजक सस्था उद्योग व्यापार सङ्गठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । सानू डिपार्टमेन्ट अघि मन्च रहने र मिलन चोक सम्म सडकको एकतर्फ स्टल रहने छ। अध्यक्ष श्रेष्ठले यस वर्ष अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हुने सडक खाना महोत्सवमा यस क्षेत्रका तारे होटल देखि रेष्टुरेन्ट, विभिन्न जातजाति, समुदाय, सङ्घसंस्थाका खानाका परिकारका ५० स्टल हुने जनाए । महोत्सवमा नेवारी, मगर, गुरुङ, थारु, थकाली, लगायत विभिन्न जातजातिका खानाका परिकार साथै नेपाली विभिन्न खानाका स्वाद एवम् इन्डियन, चाइनिज लगायत खानाका स्वाद उपलब्ध हुने आयोजकको भनाई छ ।
भैरहवा र वरपर साथै यहाँका स्थानीय तह र छिमेकी भारतीय नागरिकको समेत उपस्थितिमा हुने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमले महोत्सव थप आकर्षित बन्ने अपेक्षा छ, श्रेष्ठले भने, सडकमा खाँदै, सडकमा रमाउँदै नयाँ वर्षको स्वागत गर्ने हो। कम्तिमा ३० हजार बढी कार्यक्रममा उपस्थित हुने र १ करोड ५० लाख रुपैयाँ बढिको कारोबार हुने आयोजकले बताएका छ्न । सांस्कृतिक कार्यक्रममा स्थानीय तथा रास्ट्रीय कलाकार को प्रस्तुति तथा डिजे कार्यक्रम समेत रहनेछ।
सडक खाना महोत्सवले सुस्ताएको पर्यटन तथा अर्थतन्त्र एवं बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजक सस्थाका महासचिव लक्ष्मी अधिकारिले बताइन । आयोजकले सडक खाना महोत्सवको बारेमा बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सङ्गठनका बरिष्ठ उपाध्यक्ष सचिन रोक्का, पुर्व अध्यक्ष अनिल ज्ञवाली, नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले सडक खाना महोत्सवका बारेमा भनाइ राख्दै अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना हुने कार्यक्रमको आर्थिक तथा पर्यटनका हिसाबले महत्व रहेको बताउदै सफल बनाउन सबैले आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे। सडक खाना महोत्सवको सह–आयोजकको रुपमा सिद्धार्थनगर नगरपालिका र युनिक साउण्ड भैरहवा रहेको छ।
Get real time update about this post categories directly on your device, subscribe now.