श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– मौसमका कारण मंसिर ३०(डिसेम्बर १५) देखि दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९(जनवरी १३) बाट पुनह उडान सुरु गर्ने जनाएको छ ।
दुबई –भैरहवा– काठमाण्डौ–दुबई दैनिक उडान गर्दै आएको फ्लाई दुबइले मौसमका कारण मंसिर ३० बाट उडान रोकेको हो।
फ्लाई दुबईले अहिले प्रतिकुल मौसमका कारणले उडान रोकेको र पुस २९ बाट पुनह नियमित उडान गर्ने फ्लाई दुबईको नेपालको जिएसए युनिभर्शल टुर्श एण्ड ट्राभलको सेल्स हेड नवराज शाहीले बताए ।बजारमा हल्ला आए जस्तो उडाननै बन्द गरेको होईन, मौसमको कारणले मात्रै हो, उनले भने । दुबई बाट भैरहवा ओर्लने यात्रु राम्रै रहेको र दुबई जाने यात्रुहरु पनि बढदै गरेको शाहीको भनाई छ ।
हामी यो सेक्टरमा नियमित उडान गर्ने सोचमा छौ, अहिले त खाली मौसमका कारण मात्र रोकीएको हो, यात्रु बढीरहेकाले यो उडान पुनह सुरु हुन्छ, ढुंगानाले भने । अहिले मौसममा खराबी हुदा यँहाको बिमानस्थल खुलेपछि मात्र दुबई बाट जहाज उडने गर्दा अन्य सेड्युलका उडान समेत प्रभाबित भएकाले पनि अहिले मौसमकै कारण केही समय उडान रोकिएको शाहीको तर्क छ । मौसम खराब हुदा काठमाण्डौ डाइभर्ट गर्नु पर्ने , भैरहवाकै आकाशमा चक्कर लगाइराख्नु पर्ने बाध्यता भएको थियो ,शाहीले श्रीन्यूज ओकेसंग भने ।
अब माघको १० गते पछि भुउपग्रहमा आधारीत आर.एन.पी. ए.आर प्रबिधी मार्फत उडान अवतरण हुने भएको समाचार आएको छ, यो प्रबिधी सुरु भए पछि उडान अवतरणमा सहज हुने बिश्वास शाहीको छ ।
पछिल्लो समय हिउदमा प्रतिकुल मौसमका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने उडान तथा अवतरण प्रभाबित भैरहेको छ ।
कम प्रकाशमा पनि उडान र अवतरण गर्न सक्ने प्रबिधी इन्स्टुमेन्ट ल्यान्डिंग सिष्टम –(आईएलएस) जडान भए पनि प्राबिधिक कारणले सञ्चालनमा आउन सकेको छैन् । आइएलएस प्रबिधी प्रयोगमा नआए पछि त्यस्को बिकल्पमा भुउपग्रहमा आधारीत प्रबिधी आर.एन.पी.ए.आर माघ १० बाट प्रयोगमा ल्याउने तयारी नागरीक उड्यन प्राधिकरणले गरेको छ ।
मौसमकै कारण जजिरा एअरवेजले डिसेम्बर १३ देखि कुबेत – भैरहवा– कुबेतको उडान माघ पहिलो साता सम्मका लागि रोकेको छ । जजिराले माघ १० बाट उडान सुचारु गर्ने बुझिएको छ । कतार एअरले भने तालिका अनुसार उडान गरी अहिले उडान रोकेको छ ।
एअर एशियाले भने साप्ताहिक उडान बैंकक–भैरहवा–बैंकक गरीरहेको छ । एअर एशियाको सेड्युल फलाईट अब डिसेम्बर २६ र जनवरी २ मा रहेको छ । एअर एशियाका लागि नेपाल जिएसए युनिभर्शलका प्रतिनिधी सागर चित्रकारका अनुसार बैंकक–भैरहवा सेक्टरमा यात्रु दुबै तर्फ बिस्तारै बढदै गएको बताएका छन् ।
उता नेपाल एअरलाइन्सको काठमाण्डौ– भैरहवा–दुबै साताको चार उडान पनि निरन्तर भैरहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, नागरीक उड्यन प्राधिकरणको कार्यालय भैरहवाका सूचना अधिकारी बिनोद सिंह रावतले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.