श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- नेपाल होटल संघको क्षेत्रीय सस्था सिद्धार्थ होटल संघ नेपाल (सान)ले २०८२ जेष्ठ १६ गते भैरहवामा साधारण सभा सङै सत्कार दिवस मनाउने भएको छ।
संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सीपि) को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले होटल व्यवसायीकोलागि सरकारले विशेष योजनाका साथ काम गर्न नसकेको भन्दै ध्यानकर्षण गराएको छ ।
यसैगरी विद्यमान पर्यटन नीति पर्यटनमैत्री नभएकोले तत्काल सरोकारवालासँग समन्वयगरी पर्यटन नीति फेरबदलगरी पर्यटन मैत्री निति बनाउन माग समेत गरेको छ ।
सिद्धार्थ होटल संघ नेपाल होटल एशोसियसन नेपालको क्षेत्रीय संस्थाको रुपमा स्थापीत रहेको छ ।
यो संस्थामा तारे होटलदेखि पर्यटकीय होटल सम्म गरी ७० भन्दा बढी होटल आबद्ध रहेका छन् ।
बैठकले नेपाल पर्यटन बोर्डको समन्वयमा भियतनाममा हुने पर्यटन प्रबद्र्धन कार्यक्रममा सहभागि जनाउने निर्णय पनि गरेको छ ।
यसैगरी मायादेवि सुत्केरी मार्ग्रको प्रवर्द्धनको लागि विशेष योजनाकासाथ कपिलबस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म स्थानियहरुको सहभागितामा पदयात्रा गर्ने निर्णय समेत गरेको छ ।