• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, October 23, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

आन्तरिक पर्यटकका कारण पोखरामा दैनिक चहलपहल बढ्दो क्रममा

Shree News Ok by Shree News Ok
१४ कार्तिक २०७७, शुक्रबार १२:२४
25 0
24
SHARES
47
VIEWS

१४ कात्तिक, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ ।

विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन् ।

लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। ‘दशैँ तिहारको समय आन्तरिक पर्यटकको चहलपहल हुने समय हो’, उनले भने, ‘विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको छ ।’ पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्यामा पर्ने गरेको उनले बताए ।

कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागि खुल्ला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीय पर्यटन व्यवसायीले नै बन्द गरेका छन् ।

आसपासका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन स्थानीय तह एवं प्रदेश सरकारसमेतले समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्डका साथ पर्यटनसम्बद्ध सबै क्षेत्र र गतिवधि खुल्ला गरिनुपर्ने उनले बताए । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल तथा नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ ।

दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो । विगतका वर्षमा त दशैँको भोलिपल्ट लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । दशैंँ तिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमा यहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको छ ।

दशैँ शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामा ‘ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटल फेवाबीच’ सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताए । ‘दशैंँ शुरु भएसँगै आन्तरिक पर्यटकको विस्तारै बढ्दै गएको आगमनले हामीलाई उत्साहित बनाएको छ’, अर्यालले भने, ‘सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै हामी पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौँ ।’ यतिबेला पोखरा र आसपासको प्रकृति पनि पर्यटक स्वागतको पर्खाइमा रहेको उल्लेख गर्दै उहाँले आफूहरू पर्यटकको न्यानो आतिथ्यताको पर्खाइमा रहेको बताए ।

पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन होटेल सञ्चालक तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिमसमेत दिइसकेको उनले बताए ।

पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि नखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले बताए।

‘आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन’, उनले भने, ‘पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।’

पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् ।

त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् ।

पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?