• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, October 24, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
६ चैत्र २०८१, बिहीबार ११:२३
2 min read
133 1
129
SHARES
253
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा -व्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) गुणस्तर चिन्ह लिनुपर्ने भएपछि बिगत तीन साता देखि नेपालबाट भारततर्फ प्लाइउड, बोर्ड एवं प्लाइबाट बन्ने ढोकाको निकासी रो रोकिएको छ। 
भारत निकासीमा गति लिँदै गरेको प्लाइउड निकासी रोकिएपछि उद्योगी अप्ठ्यारोमा परेका छन् ।
भारतले गत वर्षदेखि नै प्लाइलगायत वस्तुको निकासीमा अवरोध गरेको थियो ।
एक वर्षभित्र बीआईएस गुणस्तर चिन्ह प्राप्त गर्नुपर्ने शर्तसहित भारतले निकासी खोलेको थियो ।
भारतले २०२४ मार्च १ देखि कार्यान्वयनमा ल्याएको बीआईएस नीतिका कारण निकासी रोकिएकोमा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी एक वर्षसम्म बीआईएस नचाहिने उल्लेख गरेपछि प्लाइउड निकासी गत बर्ष खुलेको थियो ।
राजपत्र अनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखिमात्र गुणस्तर चिन्हसम्वन्धी आदेश लागु हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ मे २८ र लघु उद्योगका नाममा २०२५ अगष्ट २८ देखि आदेश लागु हुनेमा प्लाइ उद्योगलाई ठूला उद्योगका रुपमा लिँदै फेब्रुअरी २८ (फागुन १६) बाट नै प्लाइ निकासी रोकिएको छ।
पश्चिम नेपालवाट सबैभन्दा बढी प्लाइ निकासी हुने कृष्णनगर, भैरहवा र नेपालगन्ज भन्सार नाकावाट निकासी ठप्प रहेको भन्सार कार्यालयका अधिकारीहरुले जनाएका छन् । 
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भैरहवा नाका हुँदै प्लाइउड निकासी रोकिएको बताए ।
भारत सरकारले वीआईएस अनिवार्य गरेपछि प्लाइ उद्योगहरुले बीआईएस प्रमाणपत्र नभएका कारण निकासी गर्न नपाएको रेग्मीको भनाइ छ ।
 उनका अनुसार भैरहवा नाका हुँदै आर्थिक वर्ष २०८०-८१ मा २८ करोड ४२ लाख रुपैयाँबराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा यो नाका हुँदै ३३ करोड ३१ लाख रुपैयाँबराबरको प्लाइ एवं प्लाइजन्य वस्तु भारत निकासी भएको छ। फागुनको मध्यमै निकासी रोकिँदा राजस्वभन्दा पनि व्यापार घाटा बढ्ने रेग्मीले जनाएका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले नेपालगन्ज नाकाबाट समेत प्लाइउड निकासी रोकिएको बताए । 
‘धमाधम निकासी भइरहेको थियो । बीआईएसका कारणले रोकिएको छ,’ खड्‌काले भने। नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०७९-८० मा १४ करोड १२ लाख रुपैयाँको प्लाइ तथा प्लाइजन्य वस्तु भारत निर्यात भएको थियो । त्यसैगरी २०८०-८१ मा २९  करोड ९३ लाखको निर्यात भएको थियो । चालु वर्षको आठ महिनामा यो नाका हुँदै १४ करोड ७१ लाखको निकासी भएको छ।
कृष्णनगर भन्सारबाट पनि निकासी रोकिएको कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईले बताए । यो नाका हुँदै सबैभन्दा बढी – प्लाइउड निकासी भारततर्फ हुने गरेको छ। गत वर्ष यो नाकाबाट मात्रै १ अर्ब बढीको प्लाइ निकासी भएको थियो।
 श्याम प्लाइ उद्योग रुपन्देहीका सञ्चालक विनय गोयलले – बीआईएस नहुँदा निकासी रोकिएकोजनाउँदै पहलका लागि सरकारसँग – आग्रह गरे।’बीआईएसका लागि महिनौ अधिबाट निवेदन दिए पनि काम भएको छैन। निरीक्षण गर्न पनि आएका छैनन्। अब सरकारले पहल गर्नुपर्छ’ गोयलले भने।
हिमालयन प्लाइ इण्डस्ट्रिज रुपन्देहीका निर्देशक धिरेन्द्र बरईले प्लाइउड निकासी नहुँदा समस्या भएको बताए। 
सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष  रोहित आग्रवालले सिमेन्ट निकासी रोकिएको समयमै प्लाइउडको समेत – निकासी रोकिएको भन्दै सरकारले छिटोभन्दा छिटो कूटनीतिक माध्यमवाट पहल गरी समस्या – समाधान खोज्नु पर्ने बताए ।
नेपालबाट भारततर्फ प्लाइउड, प्लाइबोर्ड र प्लाइका ढोका निकासी हुने गरेको छ । ६० प्रतिशत प्लाइउड, २०-२० प्रतिशत बोर्ड र ढोका निकासी हुँदै आएको छ।
नेपाल र भारतबीच सन् २००१ मा भएको व्यापारिक सन्धिबमोजिम नेपालबाट निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले रोक्न मिल्दैन। सन्धिमा नेपालका लघु, साना तथा – मझौला उद्योगलाई भारतले पनि यस्तै उद्योगका रूपमा मान्यता दिने उल्लेख छ। 
भारतले सन्धिको मर्मलाई – नबुझ्दा प्लाइउड निकासी रोकिएको हो। पहिला प्लाइउड भारतबाट पैठारी हुने गरेकोमा हाल उद्योगी– व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेका छन्। उद्योगले उत्पादन गर्न थालेपछि भारतबाट आयात रोकिई उल्टै निकासी हुन थालेको हो ।
सरकारले प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली प्लाइउड लोकप्रिय बनेका कारण नेपाल बाट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको हो। 
नेपाली प्लाइको माग नेपालसँग सीमा जोडिएका भारतीय जिल्लाहरुमा बढी छ। यिनै जिल्लामा निकासी गर्न नेपाली व्यवसायी आकर्षित भएका हुन्। अहिले प्लाइउड उद्योगीहरुले कृष्णनगर र भैरहवा नाका हुँदै भारत – निकासी गरिरहेका छन् । 
चन्द्रौटा-कृष्णनगर औद्योगिक – करिडोरमा पशुपति, जय अम्बे, अटल, श्रीगणेश, कैलाश, श्रीकृष्ण, त्रिमूर्ति, नेपाल इन्डो तथा गणपति प्लाइ उद्योग सञ्चालनमा छन् । यी उद्योगले प्लाइ तथा फ्लस डोर भारत निकासी गर्दै आएका थिए। भैरहवा – भन्सार नाका हुँदै श्याम प्लाइ उद्योग, हिमालयन र सदिक्षा सः मिलले – भारततर्फ निकासी गर्दै आएकोमा अहिले बीआईएसका कारण निकासी – बन्द भएको हो।
Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?