• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

छिटै निको हुनेछुः आयुषा

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
११ चैत्र २०७७, बुधबार ०६:०३
1 min read
1.2k 12
1.1k
SHARES
2.2k
VIEWS

सबैको सहयोगले म छिटै ठिक हुनेछु । निको भएर आए पछि मज्जाले पढ्ने हो, एमबिएस पढाई पुरा गर्ने, सरकारी जागिर त्यो पनि करार मा होइन लोकसेवा लडेर खाने हो : आयुषा

 

  • भैरहवा

आयुषा पाण्डे अहिले २५ वर्षकी भइन् । कञ्चन गाउँपालिका बर्गदहवा स्थायी घर भएकी उनी २०६७ सालमा एसएलसी उत्तिर्ण भएपछि लुम्बिनी रोड स्थित सिद्धार्थबाल गृह नजिक आफ्नो अंकल–अण्टी कहाँ बसेर शिक्षालाई अघि बढाउँदै आएकी थिइन् । उनी भैरहवा बहुमुखी क्याम्पसको एमबिएस विद्यार्थी पनि हुन् ।

सबै रामै्र चलेको थियो । शिक्षा, घर परिवार , दैनिकी राम्र्रै चलेको थियो । यसै बिचमा भवन कार्यालयमा करारमा जागिर समेत थियो । २०७५ सालमा स्नातक उत्तीर्र्ण भए पछि उनीमा खुशीकोे सिमा रहेन । घरपरिवार अंकल–अण्टीको सल्लाहमा उनी एमबिएस पढ्न भैरहवा क्याम्पस भर्ना हुने योजना भयो । सबै खुशी थिए ।

अचानक उनी माथि सोच्दै नसोचेको बज्र आइलाग्यो । अगाडीको उज्यालो बाटोहरु सबै कालो बने । २०७५को कार्तिक महिनामा अचानक बिसन्चो भए पछि चिकित्सक कहाँ पुगिन् । चिकित्सकले अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) गर्न सुझाए । उनि एक्सरे गर्न पुगिन् र रिपोर्ट लिन अर्को दिन विहान पुगिन् ।

विहानै रेडियोलोजिष्टले रिपोर्ट हेर्दै सिधै भनेछन्, ‘दुबै मृगौला खराब रहेछन्, जे गर्ने हो दुई वर्ष भित्र गर्नु समय धेरै छैन्’ भनेछन् । एक्कासी एकै पटक यस्तो र आफुले कहिले कल्पना पनि गर्न नसकेको रोग रहेको सुन्दा उनि अक्क न बक्क भइन्, मैले त केही सोच्नै सकिन, यस्तो छ भन्दा । के गरुम कसो गरुम कसलाई भनुम भन्ने भयो । जसो तसो रिपोर्ट लिएर घर पुगे । अब समय सकिए जस्तो लाग्यो, मलाई उनले भनिन् । अंकल अण्टीलाई भने । दुबै जना स्वास्थय पेशामा हुनु भएकोले नआत्तिनु केही हँुदैन्, सुरुआती बेला होला सब ठिक हुन्छ भन्नु भयो । त्यति भनाइले मन केही हलुको भयो तर चिकित्सकले दुबै मृगौला फेल भइसकेको छ, २ वर्ष मात्र समय छ भनेको कानभरी दिनरात गुन्जिन थाल्यो ।

भैरहवा, बुटवल, काठमाण्डौ सबै ठाउँमा परिक्षण गर्दा अन्नत मेरो दुबै मृगौला काम नलाग्ने गरी बिग्री सकेको प्रमाणित भयो । परिक्षणसँगै औषधी पनि सुरु भएको थियो । घरमा आमा–बुवाको जिम्मेवारी मात्र होइन भविष्यको आशा र भरोसा म माथि थियो । छोरीले पढ्दैछ, भविष्यको सहारा यही हो भन्नु हुन्थ्यो जहिले पनि । बुवाआमाको भविष्यको सहारा र आशा छोरा भने पनि म र मेरो बहिनी नै हो । बहिनी वैदेशिक रोजगारमा छिन्, पाण्डेले भनिन् ।

मृगौला खराब रहेको पुष्टी भए पछि चिकित्सकको परामर्शमा औषधी सेवन गरे डाइलसिस गर्न पर्दैन कि भन्ने थियो । केही समय औषधी सेवन सुरु भयो । औषधीले काम नगर्दा डाईलासिस गर्नै पर्ने भयो । अहिले भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा नियमित डाइलसिस गरिरहेको छु । मृगौला प्रत्यारोपणको कुरा पनि भयो तर बिचैमा कोरोना संक्रमणका कारणले समस्या भयो । काठमाण्डांैमा गएर परिक्षण गर्न पुरै समस्या भयो । त्यहाँका चिकित्सकले पनि अहिले नआउन भने । जसो तसो समय कटाउँदै लग्न थाले, गएको कार्तिकमा म बिरामी भएको २ वर्ष पुग्यो । मैले कति पनि हिम्मत हारिन । आत्मविश्वास बलियो बनाइयो भने जस्तो सुकै रोगलाई पनि जित्न सकिन्छ भन्ने मनमा राखेकी छु, परिवार, साथीभाई, बुवाआमा झै अंकल–अण्टीको दिनहँु हौशलाले अहिलेसम्म ठिक छु, एक दिन पूर्ण रुपमा निको पनि हुन्छु, उनले भनिन् ।मेरो पनि त सपनाहरु थिए, रहर थिए, केही गरौं भन्ने भावना थियो । तर अचानक बाटोमा ठेस लाग्न पुग्यो । तर आत्मबिस्वास् गुमाएकी छैन । सबै साथमा हुनुहुन्छ । ‘ठिक हुन्छु म छिटै’ उनले भनिन् ।

सामान्य मध्यमवर्गको परिवार हामी, बुवा केही समय भारतमा रोजगार हुनुहुन्थ्यो । अहिले घरमै हुनुहुन्छ । घर व्यवहारमा मद्दत गर्दै आएकी छोरीको मृगौला खराब भएको र जति सक्यो छिटो उपचार गर्नु पर्ने भएपछि परिवारजन अहिले चिन्तामा छन् । उपचारका लागि श्रोत जुटाउन समस्या छ ।

जागिर पनि करारमा रहेकाले उपचारका बेला लामो बिदा लिन नमिल्ने भएकाले कुनै पनि बेला जागिर छोड्नु पर्ने हुन्छ । घरको आर्थिक अवस्था त्यति राम्रो छैन र सुरुमै परिक्षण लगायतका कुरामा लाखांै खर्च भएको छ । अहिले पनि नियमित रुपमा डाइलसिस भइरहेको छ । निःशुल्क रुपमा डाइलसिस भए पनि महगो औषधी खानु पर्ने अवस्था छ । ट्रान्सप्लान्ट गर्दा मृगौला आफ्नै आमाले दिने भए पनि खर्च धेरै लाग्ने परिवारका सदस्यले बताएका छन् ।

अहिले आयुषा मृगौला प्रत्यारोपण (ट्रान्सप्लान्ट)का लागि गर्नु पर्ने परिक्षण लगायतका कामका लागि काठमाण्डौ छिन् । साथीकोमा बसेकी छिन् । भैरहवामा नियमित निःशुल्क डाईलसिस हप्तामा २ पटक गरेकी उनले काठमाण्डांैमा डाइलसिस गर्न समेत समस्या प¥यो । काठमाण्डौंमा पैसा तिरेर गर्नु पर्दा थप आर्थिक भार बढेको छ । पिसिआर परिक्षण नै गर्न प¥यो, भक्तपुर अस्पतालमा गएर इमरजेन्सीमा २ घन्टा मात्रै डाइलसिस गरे उनले भनिन् । पालो कुर्नु पर्दो रहेछ, डाइलसिसलाई, भैरहवा जस्तो सजिलो भएन् । भनसुन गरेर मिलाउनु पर्ने, उनले भनिन् ।
प्रारम्भिक उपचारमै धेरै रकम खर्च भइसकेकोले थप उपचार मृगौला ट्रान्सप्लान्ट गर्दा आवश्यक रकम जोहोमा समस्या समेत भएको छ । रकम अभाव हुँदा थप उपचार र ट्रान्सप्लान्ट प्रभावित हुने होकी भन्ने भएको छ । थप उपचारका लागि रकम जुटाउन पनि चुनौती परेको छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या नहोस् भन्दै विभिन्न परोपकारी संघसस्थाले उपचारमा केही भए पनि सहयोग पुगोस भन्दै आर्थिक संकलन गरिरहेका छन् । आयुसालाई नयाँ जीवन दिन जुटीरहेका छन् सहयोगी हाथहरु । सबैको सहयोगले म छिटै ठिक हुनेछु । निको भएर आए पछि मज्जाले पढ्ने हो, एमबिएस पढाई पुरा गर्ने, सरकारी जागिर त्यो पनि करार मा होइन लोकसेवा लडेर खाने हो, उन्ले भनिन् ।

आयुषालाई सहयोग गर्न उनको नाममा रहेको मेगा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५ वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० अथवा ई–सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न सकिनेछ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?