• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, October 27, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२६ श्रावण २०७८, मंगलवार १८:३७
1 min read
1.2k 11
1.1k
SHARES
2.2k
VIEWS
  • भैरहवा ।

खाद्यान्न लुटपाट गरी युवकको हत्या गरेको घटनामा संग्लन चार आरोपीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ का ३० वर्षीय अलि भन्ने सद्दाम कुजडा, सोही स्थानका २७ वर्षीय समिर भन्ने रिजवान अली मुसलमान, २८ वर्षीय महेश कहाँर, तनहुँ शुक्लागण्डी १० का २७ वर्षीय सुनिल पौडेल रहेका छन् ।

गत साउन २० गते भारत महाराजगंज जिल्लाका तौफिक अहमद पठानको सिद्धार्थनगर १३ डण्डाखोलामा शव फेला परेको थियो । प्रहरीका अनुसार सोही दिन पठानका आफन्तले सम्पर्कमा नरहेकोले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । संयोगले शव फेला पर्नु र पठान हराएको हुँदा खोजतलास गर्न निवेदन जिल्ला प्रहरीमा एकै दिन परेको थियो । पठानको खोजतलासका लागि निबेदन पर्नु भन्दा केही घण्टा अगाडी डण्डा खोलामा शव फेला परेको थियो । परिवारका अनुसार उनि साउन १७ गतेबाट नै सम्पर्कमा थिएनन् । भारतीय नागरिक सम्पर्क विहिन भएको भन्दै प्रहरीमा खोजतलासको सूचना पछि प्रहरीले कतै डण्डामा फेला परेको शव पठानको त होइन भन्ने शंका लागि अनुसन्धान अघि बढाउँदा उनकै शव भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक मनोज कुमार केसीले बताए ।

घटनाको प्रकृति हेर्दा हत्या गरिएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मृतक पठान भारतीय गाडी चालक थिए । साउन १७ गते पठानले गाडीमा भारतबाट ल्याएको चामल लुटपाट गरी हत्या गर्ने योजना आरोपीहरुले बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी केसीले बताए । प्रहरीका अनुसार गाडीमा करिब १८ लाख रुपैयाँ बराबरको चामल थियो ।

पठानको योजनवद्ध तरिकाले हत्या भएको खुलेको छ । पठानले चामल लिएर काठमाडांैका सप्लायर्सका पुर्‍यउने गरी आएका थिए । तर उनलाई सो चामल भैरहवाकै एजेन्ट सद्दामलाई पैसा लिएर दिन काठमाडाैंका सप्लायर्स नन्दन नाम गरेका व्यक्तिले उनलाई अह्राएको अनुसन्धानमा खुलेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

नन्दन र सद्दामको फोनमा अरु कुनै व्यक्ति मार्फत सम्पर्क भएको बताइएको छ । सद्दामकै नेतृत्वमा गाडी लाई भैरहवा भन्सारबाट प्रकृया पुरा गरी अनलोड गर्ने भन्दै अघि ल्याएको र भैरहवा नआउँदै बाटोमा सबै मिलेर मदिरा सेवन गरेको समेत उनुसन्धानमा खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

योजना अनुसारसंगै बसेर मदिरा सेवन पछि ट्रक अनलोड गर्न भन्दै सद्दाम सहित रिजवान र महेश ले मिलेर हत्या गरेको खुलेको प्रहरीको भनाई छ । चालकको हत्या पछि शवलाई डण्डा खोलामा फालेर चामल सहितको ट्रकलाई परासीको भुमही पुर्‍याएका थिए । ट्रक चलाउने काम महेशले गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार चामल सहित गाडीलाई भुमहीमा लगेर अर्को गाडीमा चामल पल्टी गरी उक्त गाडीलाई आरोपी महेशले भारतको सनौली बजार एसबिआई बैंकको अगाडी सडक छेउमा पार्किङ गरी छाडेर आएका थिए । लुटपाट गरिएको उक्त चामल पक्राउ परेका तनहुँका पौडेलसँग मिलेर बिक्री गर्ने योजना उनिहरुको थियो । गोपी ब्रान्डमा रहेको चामललाई तत्कालै बजारमा लगेर बिक्री गर्दा थाहा हुन सक्ने भएकाले अर्कै ब्रान्ड नामका चितवनमा बोरा समेत तयार गरिसकेका थिए । पक्राउ परेका चार जनालाई कर्तव्य ज्यान मुद्दाम अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?