• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, October 26, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

गौतममबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  आज देखि आरएनपी–एआर प्रणाली

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
१० माघ २०८१, बिहीबार ०७:०४
1 min read
158 2
154
SHARES
302
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आज (बिहीबार) देखी आरएनपी–एआर ( रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड ) प्रणाली लागू हुदैछ । यो भूउपग्रहमा आधारित प्रणाली हो ।

कम प्रकाशमा उडान र अवतरणका लागी बिमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भए पनि छिमेकी मुलुक भारत संग सहमती हुन नसक्दा यो प्रविधी सञ्चालनमा छैन् ।

आईएलएसको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।
गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भएका मितिले  जनवरी २३ (माघ १०) अर्थात आज बिहीबार  देखि लागू हुने भएको हो ।

हाल गौतमबुद्ध बिमानस्थलमा यांत्रिक विधि(आईएफआर)मार्फत  अवतरण गर्दा न्यूनतम भिजिबिलिटी १८ सय  मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९०० मिटर भिजिविलिटीमा पनि जहाज अवतरण गर्ने महाप्रबन्धक तिवारीले बताए ।

यो प्रविधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन,कुन एङगलबाट जहाज बिमानस्थलमा अबतरण गर्ने  भन्ने निर्देशनहरु पाइलटले फलो गर्नुपर्छ ,महाप्रबन्धक तिवारीले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको यो प्रबिधीले  भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटने छ ।

प्राविधिकहरु रेडियो नेभिगेसन प्रणाली आईएलएस भन्दा जहाज अवतरणमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ प्रणाली उत्तम मानिन्छ ।

‘आरएनपी–एआर प्रणाली जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ४२ दिने नोटिस यसअघि नै पब्लिस गरिसकेको छ, अब जनवरी २३ देखि लागू भएको मानिन्छ’, महाप्रबन्धक तिवारीले भने ।

यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागू हुने नभई ए ३२० र ए ३३० स्तरका जहाजमा लागू हुने हो, ती जहाजमा आरएनपी–एआर प्रणाली लागू गर्न सकिने प्रणाली पहिल्यै हुन्छ, सबै जहाजमा यो प्रणाली हुँदैन ।’

यो प्रणाली लागु भएता पनि यस अनुसार उडान अवतरण गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम पुरा गरी अनुमति लिनुपर्ने  गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रबक्ता दिपक कुमार बज्राचार्यले बताए ।

अनुमति लिएपश्चात पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न पर्दछ। तर अहिले सम्म कुन पनि बिमानसेवा कम्पनिले अनुमतिका लागी निबेदन नदिएको प्रबक्ता बज्राचार्यले श्री न्यूज ओकेलाई बताए ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटिमा काम गर्ने प्राविधिकहरुको भनाई छ ।

तराई मधेशमा  मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय मात्रै नभई बाह्य उडान स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि ‘आरएनपी–एआर’ प्रणाली लागू गर्न लागिएको हो । मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवामा फ्लाई दुबईको जहाज: तस्बिर श्रीन्यूज ओके

बाक्लो हुस्सुका कारण जजिरा र एअर एसियाले उडान रोक्दै आएकोमा अर्को हप्ता देखि सुरुवात गर्ने तालिकामा छ भने फ्लाई  दुबईले अघिल्लो हप्ता देखि पुन उडान सुरु गरेको छ । नेपाल एअर लाइन्सले भने काठमाडौ – भैरहवा- दुबई  साताको चारदिन उडान गर्दै आएको छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?