न्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रत्येक बर्षको नोभेम्बर २५ मा बिश्वभर महिला हिंसा बिरुद्धको दिवसका रुपमा मनाईन्छ । नेपालमा पनि यो दिवसलाई महिला हिंसा बिरुद्ध अभियानकै रुपमा १६ दिन सम्म बिभिन्न कार्यक्रम गरी मनाईन्छ ।
रुपन्देही जिल्लामा पनि बिभिन्न कार्यक्रम गरि यो दिवसलाई अभियानका रुपमा सुरु गरिएको छ । रुपन्देहीको मायादेबी गाउँपालिकाले पनि लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन कार्यालय परिसरमा लैङ्गिक हिंसा विरुद्धको प्रतिवद्धता हस्ताक्षर अभियान सुरु भएको छ ।
हस्ताक्षर अभियानको सुरुवात गर्दै गाउँपालिका प्रमुख धु्रब नारायण चौधरीले लैङ्गिक हिंसा मुक्त मायादेवी गाउँपालिका अभियानकै रुपमा रहेको बताए ।हस्ताक्षर अभियानको सुरुवात गाउँपालिका प्रमुख संगै उप प्रमुख तारादेवी यादब तथा प्रमुख कार्यकारी अधिकृत ऋषिराम पन्थिलले हस्ताक्षर गर्दै महिला हिंसाका बिरुद्धमा सदैब लागिरहने प्रतिबद्धता जाहेर गरे । गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण इकाईका सहायक महिला बिकाश निरिक्षक रमा पौडेलका अनुसार १६ दिने अभियानमा प्रतिबद्धता हस्ताक्षर सवै वडा कार्यालयमा साथै गाउँपालिका क्षेत्र भरी सन्देशमुलक अडियो सामग्री यातायात साधन मार्फत र स्थानिय एफएफमबाट प्रशारण, अन्तरकृया र बिभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरिने छ ।
Get real time update about this post categories directly on your device, subscribe now.