• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 28, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

बुद्ध र यती एयरको भैरहवा –पोखरा उडानमा ‘प्राइस वार’

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२७ कार्तिक २०८१, मंगलवार ०८:५२
1 min read
245 2
237
SHARES
465
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भए सँगै आन्तरिक क्षेत्रिय उडानले पनि गति लिन थालेको छ । निजी बायु सेवा कम्पनी बुद्ध एयरले नियमित भैरहवा –पोखरा एक उडान गर्दै आएकोमा शनिवार देखि २ उडान सुरु गरेको थियो ।
सोमबार सम्म न्यूनतम ३ हजार ५ सय र अधिकतम ५ हजार रुपैयाँ सम्म एक तर्फ हवाई भाडा रहेकोमा मङ्गलबार देखि लागू हुने गरी एकतर्फी हवाइ भाडा दर २ हजार पाच सय रुपैयाँ कायम गरेको छ ।

अर्को प्रतिस्पर्धी हवाईसेवा कम्पनी यती एयरले पनि मङ्गलबार देखि भैरहवा पोखरा हवाई उडान सुरु गर्ने गरी २ हजार ५ सय रुपैयाँ मुल्य हवाई भाडा कायम गरे पछि बुद्ध एयरले पनि बाध्य भएर हवाई भाडा कटौती गरेको हो ।
हवाई भाडा घटाएर दुबै विमानसेवा कम्पनी बिच प्राइस् वार सुरु भएको देखिन्छ । नियमित उडान गरिरहेको बुद्ध एयरको एकाधिकार यतीले प्राइसवार गरी तोडिदिएको छ । बाध्य भएर बुद्ध एयरले हवाई भाडा घटाउनु पर्यो । हवाइ भाडा घट्दा यात्रुलाई त फाइदा भएको छ तर दिगो हुने होकी होइन भन्ने प्रश्न उठेको छ ।

बुद्ध एअरका सेल्स डाइरेक्टर रूपेश जोशीले यसलाई प्राइसवार भन्न नमिल्ने बताउँछन् । डिमान्ड र सप्लाईको कुरा आउँछ, हामीले एकबाट दुई उडान सुरु गरयौ, एक उडानमा दुबै तर्फ शतप्रतिशत अकुपेन्सी थियो र दोश्रो उडानमा पनि राम्रै यात्रु पाइएको छ । हामीले यात्रु डाइभर्ट हुन्छन भनेर भाडा घटाएका होइनौ, २५ सय रुपैयाँ सबैभन्दा तल्लो फेयर राखेका हौ, तल्लो फेयर हुँदा सम्म २५ सयमा पाइन्छ सकिए पछि माथिल्लो फेयर यात्रुले लिनु पर्छ, जोशीले भने। भैरहवा पोखराको हवाई भाडा अब २५ सय रुपैयाँबाट सुरु रहेको बुझनु पर्यौ, उनले भने । दिगो हवाई भाडा र उडानको कुरा गर्दा उनले विगत ११ वर्ष भन्दा लामो समय देखि बुद्धले भैरहवा पोखरा नियमित उडान गरिरहेको बताउँदै भने, दुई बाट उडान १ होला तर उडान निरन्तर भैरहनेछ ।

यती एअरका भैरहवा स्टेसन प्रमुख अनुप ढकालले मङ्गलबार देखि भैरहवा पोखरा दैनिक उडान सञ्चालन गर्न लागेको र अहिलेलाई भाडा दर २५ सय रुपैयाँ फिक्स राखिएको बताए । दशैँ अघि देखिनै उडान सुरु गर्ने भनिएपनि अहिले यात्रुको माग र चाहना अनुसार उडान सुरु गर्न लागेको र यो उडान निरन्तर हुने बताए । हामीले उडान र हवाई भाडा सार्वजनिक गरेपछि यात्रुहरू खुसी भएका छन् । हामीले सस्तो भाडा गर्ने बित्तिकै अरुले बाध्य भएर हवाई भाडा घटाएको र यात्रुलाई फाइदा पुगेको ढकालको भनाई छ ।

बुद्ध एअरका बरिष्ठ प्रबन्धक एवं भैरहवा स्टेसन प्रमुख दर्शन घिमिरेले भैरहवा पोखरा उडान निरन्तर भैरहने र हवाई भाडा मुख्य बस्तु नभएको बताए । मुख्य कुरा नियमित उडान हुनु हो, त्यो हामीले प्रदान गरीरहेका छौ, घिमिरेले भने । प्रारम्भमा बिच क्राप्ट जहाजबाट हप्ताको एक दिन पछि दुई दिन गर्दै जादा यात्रुको माग बमोजिम एटिआर ४२ बाट सेवा सुरु भएकोमा अहिले एटिआर ७२ बाट दैनिक दुई उडान सेवा दिईरहेको घिमिरेले बताए ।

लोकप्रियताका लागी यात्रुको ध्यान आकृष्ट गर्न केही समयलाई सस्तोमा उडाई फेरी पछी हवाई भाडा बढाउने काम हुन नहुने पर्यटन व्यवसायीको भनाई छ । अहिले प्राइस् वार गर्ने पछि मिलेर भाडा बढाई नीतिगत रुपमा यात्रु ठग्ने काम गर्न नहुने नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्टस लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बताए । बुद्ध एयरले भैरहवाबाट ७।४० बजे बिहान र बेलुकी ६।४० बजे र यती एयरले बिहान ११।०५ बजे उडान गर्नेछन् । यस अघि पनि यती, गुण, सिम्रिक र सांग्रिला एयरले पनि भैरहवा पोखरा उडान सुरु गरेपनि निरन्तरता दिन सकेका थिएनन् ।

 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?