- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
सिद्धार्थ उद्योग वणिज्य संघको आयोजनामा मङ्सिर २३ गते शुक्रवरबाट भैरहवामा आयोजना हुने लुम्बिनी महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छ्न्। गृहमन्त्री खाणको सचिबालय सदस्य एव प्रेस सल्लाहकार मधुकर भट्टराईका अनुसार उद्घाटनका लागि नेपाल सरकारका माननीय गृहमन्त्री, नेपाली कांग्रेसका प्रभावशाली नेता खाण बिहान ७:५५ बजे बुद्ध एयरको हवाइजहाजमा काठमाडौँबाट भैरहवा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म आयोजना हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ को समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आउन लागेका हुन । पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय सम्मृद्धिको आधार भन्ने मूल सन्देशसाथ सुरु हुन लागेको महोत्सवको समुदघाटन पश्चात् गृहमन्त्री शुक्रबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको स्वकीय सचिवालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.