श्रीन्यूज ओके रिपोर्टर
भैरहवा–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।
निगम सञ्चालक समितिको शनिबार को बैठकले शनिबार राति १२ देखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.