श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- सिद्दार्थ उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नेत्र प्रसाद आचार्यले संघको बिधान अनुसार तीन सदस्य मनोनित गरेका छ्न ।
बुधबार संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन समारोहमा कार्यसमिती सदस्यमा अध्यक्षले तीन सदस्यहरु मनोनित गर्न पाउने संघको बिधान अनुसार राजु न्यौपाने, प्रेम बेलबासे र कैलाश गुप्तालाइ सदस्य पदमा मनोनित गरेका हुन ।
न्यौपाने पेट्रोलियम पदार्थ ब्यवसायमा आवद्ध छन भने बेलबासे रियल स्टेट, मनि चेन्जर लगायतका ब्यवसायमा र गुप्ता पर्यटन ब्यवसायमा आवद्ध छ्न।
Get real time update about this post categories directly on your device, subscribe now.