• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, July 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

रुपन्देही ३ मा पाँच दलीय गठबन्धनको राष्ट्रिय महत्वका योजना सहितको संकल्पपत्र सार्वजनिक

Shree News Ok by Shree News Ok
१३ कार्तिक २०७९, आईतवार १७:१०
1 min read
9 0
9
SHARES
17
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनले संकल्पपत्र मार्फत राष्ट्रिय र दिर्घकालीन महत्वका योजना अगाडि सारेको छ । पाँच दलीय गठबन्धनले आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको सकंलपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेस रहेको संकल्प पत्र आज सार्वजनिक गरेको छ ।

निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाहरुको मात्रै नभई सिंगो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने महत्वपूर्ण योजनाहरु समावेश गरेर गठबन्धनले आइतबार भैरहवामा आयोजित एक कार्यक्रमबीच संकल्पपत्र सार्वजनिक गरेको हो ।

क्षेत्र नम्बर ३ पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यस्तै, प्रदेश (क)मा लोकतान्त्रिक समाजबादी पार्टीका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा काँग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन् ।

गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङ्गसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशिघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने जस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ ।

 

यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डि.पि.आर. गरि निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन् ।

यस्तै, बुद्ध परिक्रमा सडकको दुबैतिर नालिसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै साथै त्यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने, वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ ।

यस्तै, यस क्षेत्रभित्र रहेका पालिकाबाट निस्केका फोहरहरूको उन्नत अत्याधुनिक प्लान्ट मार्फत उर्जा, मल तथा अन्य कच्चा पदार्थ समेत उत्पादनको व्यवस्था गर्ने, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गर्ने र कारागारभित्र रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, बर्दघाटदेखि कृष्णनगरसम्मका क्षेत्रलाई सुव्यवस्थित सहरीकरण गरी विकास गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने, यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, नेपालकै मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया, अमुवा, मानपकडी, मानमटेरिया, हर्नैया, मैनहिया क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी ‘नमुना कृषि पर्यटन’का रूपमा विकास योजना गठबन्धनले समावेस गरेको छ ।
यसैगरी पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशिध्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मा.वि., सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गर्ने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने योजना संकल्प पत्रमा उल्लेख छ ।

संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले आफूहरुले पूरा गर्न सकिने योजना मात्रै समावेस गरिएको जनाए । ‘हामीले अघि सारेका योजनाले सिंगो रुपन्देहीको मात्रै नभई समग्र मुलुकको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं’, उनले भने, ‘यी योजना कार्यान्वय गरेरै छाड्छौं । यसले जिल्लाको बृहत्तर विकास गर्छ ।’ उनले संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ तथा मुलुकको विकास र समृद्धिका लागि गठबन्धन गरिएको बताए । क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पाण्डेय, (ख) का उम्मेदवार ढकालले गठबन्धनले नै मुलुकको हीतमा काम गर्ने भएकाले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

#homeminister #balkrishnakhad #santoshpandey #rupandehi3

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?