• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, July 1, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

झुट्टा आश्वासन बाढदैनौ : गृहमन्त्री खाँण

Shree News Ok by Shree News Ok
२० कार्तिक २०७९, आईतवार १९:०१
1 min read
6 0
6
SHARES
11
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधी सभाका उम्मेदवार बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि जनतालाई नदिने बताएका छन् ।

उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झुट्टा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।

सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ सेमलारमा आयोजित कार्यक्रममा निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने जनाए ।

‘पाँच दलीय गठबन्धन र यसका उम्मेदवारहरुले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने, ‘यहाँ त केही उम्मेदवारहरुले जनतालाई दिग्भ्रमित पार्ने गरी झुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाट्दै हिंड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन् ? त्यसैले सबै मतदाताले उनीहरुलाई पहिचान गर्नुपर्छ ।’

गृहमन्त्री खाँणले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरु हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्वपूर्ण योजनाहरु देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे ।

‘गौतमबुद्ध विमानस्थल बन्नुपर्छ भन्ने आवाज उठाउने नेपाली काँग्रेस हो, त्यसको माग हामीले गरेका थियौं । तपाईंहरु भ्रम छर्ने उम्मेदवारहरुलाई प्रश्न गर्नुस्, विमानस्थल शिलान्यास हुँदा ती नेता कहाँ थिए, निर्माण हुने क्रममा विमानस्थलमा कतिपटक पुगे, उद्घाटनमा सहभागी भए की भएनन् ?’, राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै खाँणले भने, ‘फोटाहरु र भिडियोहरु हेर्नुस्, ती नेताहरु कतै देखिन्छन् त ? कतै देखिँदैनन् । अनि विमानस्थल हामीले बनाएको भनेर भ्रम छर्दै हिंडेका छन् ।’

उनले विमानस्थल जस्तै रुपन्देहीका अन्य ठूला र महत्वपूर्ण योजना अगाडि बढाउँदा र सम्पन्न गर्ने क्रममा अहिले झुट्टा आश्वासन बाँडिरहेका नेताहरुको कही कतै पनि उपस्थिति नरहेको जिकिर गरे । ‘त्यसैले तपाईंहरु ढुक्क हुनुस्, रुपन्देहीको विगतमा विकास गर्ने र ठूला योजना पार्ने हामी हो, अब पनि गठबन्धन र मैले योजना पार्छौं, यहाँको विकास, समृद्धिमा योगदान दिन्छौं, जनभावनाअनुसार काम गर्छौं’, उनले भने ।
उनले पंचाय फाल्दा, राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरुले जे बोलेको, त्यो पूरा गरेको जनाए । ‘संविधानमा जनताका हकअधिकारको ग्यारेन्टी भयो, जीवनस्तर परिवर्तनका कुराहरु लेखिए’, खाँणले भने, ‘अब संविधानमा लेखिएका कुराहरु हामीले पूरा गर्छौं, जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौं ।’ खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरु र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने जनाए ।

‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौं, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने । यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए । ‘यो त एउटा उदाहरण मात्रै हो’, उनले भने, ‘यस्ता दर्जनौं काम हामीले अघि बढाउने छौं, जनतालाई विकास, आर्थिक समृद्धिसँग जोड्ने छौं, रुपन्देहीलाई नेपालकै नमूला जिल्ला बनाउनेछौं ।’

क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामचन्द्र ढकालले निर्वाचनका बेला भ्रम छर्नेहरु यसपटक पनि उम्मेदवार भएर फेरि हुनेनहुने आश्वासन बाँडिरहेको बताउँदै यसतर्फ सचेत हुन आम मतदातासँग आग्रह गरे । ढकालले पटकपटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा कुनै योगदान नदिनेले फेरि यसो गर्छु र उसो गर्छु भन्नु केबल चुनावी फन्डा मात्रै भएको जिकिर गरे । राप्रपा नेता बोहराप्रति लक्षित गर्दै ढकालले यस्तो बताएका हुन् । उनले क्षेत्र नम्बर ३ (ख)लाई कृषि उत्पादनको मुख्य क्षेत्र बनाएर काम गर्ने आफूहरुको योजना रहेको जनाए । कृषिलाई आधुनिकीकरण गरेर जनताको जीवनस्तर उकास्न पहल गर्ने ढकालको भनाई छ ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?