श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य तर्फ मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणले १ हजार ४८ मतले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ को २७ हजार ३ सय २ मत गणना हुँदा खाँणको १० हजार ९ सय ६६ मत आएको छ । खाँणका प्रतिद्धन्दी राप्रपा नेता एवम् पूर्वमन्त्री दिपक बोहराको ९ हजार ९ सय १८ मत आएको छ । अहिले सिद्धार्थनगर नगरपालिकाको मतगणना भइरहेको छ। सिद्धार्थनगरको वडा नम्बर १, २, ३, ४, ५,र ७ को गणना सम्पन्न भइसकेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.