- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
महाशिवरात्रिको अबसरमा रुपन्देही र आसपासमा रहेका शि मन्दीरहरुमा दर्शनका लागि बिहानै देखि श्रद्धालुहरुको घुईचो रहेको छ ।
भैरहवाको बसडिलवा स्थित शिव मन्दीर ,पाल्पा दोभानको सिद्धबाबा धाम,पर्रोहाको बोलमब,गोनाहाको प्रकटेश्वर महादेब , सिमा सुरक्षा कार्यालय पक्लीहवामा मा रहेको प्राचीन शिवालय मन्दीर, बेलहियाको कोटहीमाई मन्दीर परीसरको शिब मन्दीर,भैरहवा नारायास्थानको शिब मन्दीरमा बिहानै देखिे शिवलिंगमा जलार्पण गर्न र पुजाका लागी श्रद्धालुहरु पुगेका छन र अझै जाने क्रम जारी छ । भैरहवा बसडिलया स्थित शिवमन्दिरमा पनि बिहानै देखी श्रद्धालुहरु पुगेका छन् ।
। शिवरात्रिका दिन शिवालय वरपर मेला लाग्ने धार्मिक परम्परा समेत रुपन्देहीमा बर्षौ देखीको रहेको छ । भैरहवा क्षेत्रका शिवालयमा पुजाआजा र मेला भर्न छिमेकी भारतको सिमावर्ति क्षेत्रबाट समेत सर्बसाधारण आउने गरेका छन् ।
आजका दिन भैरहवाको बसडिलवा,नरैनापुरा,लगायतका स्थानमा शिवरात्रिमेला समेत लाग्ने गर्दछ ।
Get real time update about this post categories directly on your device, subscribe now.