- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
कतारमा जारी बिश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना क्वाटरफाइनलमा प्रबेश गरेको छ । शनिबार मध्यरातमा अहमद बिन अलि रंगशालामा सम्पन्न प्रि क्वाटरफाइनलमा अष्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ (क्वाटरफाइनल)मा स्थान सुरक्षित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसिले ३५ मिनेटमा गोल गरे। ५७ मिनेटमा जुलियान अल्भारेजले गोल गर्दै २–०को अग्रता दिलाएका थिए ।
७७ मिनेटमा अष्टे«लियाका क्रेग गुडविनले गोल गरेका थिए । गोल गर्दै अष्ट्रेलियाले खेलमा फर्किएको आभास गरेपनि पर्याप्त भएन् । हार संगै अष्ट्रेलियाको कतार बिश्वकपमा बिश्राम लागेको छ ।अब अर्जेन्टिनाले क्वाटरफाईनलमा नेदरल्याण्ड संग खेल्नेछ । शनिबार रातीनै सम्पन्न अर्को प्रि क्वाटरफाईनलमा नेदरल्याण्डले अमेरीकालाई ३–१ गोलले पराजित गरेको छ ।
खलिफा रंगशालामा सम्पन्न खेलमा नेदरल्याण्डको जितमा मेम्फिस डिपाएसँगै डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरेका थिए । हाजी राइटले अमेरिकाको लागि गरेको गोल सान्त्वनामा सिमित भयो
Get real time update about this post categories directly on your device, subscribe now.