• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 21, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै

Shree News Ok by Shree News Ok
४ मंसिर २०७९, आईतवार १५:२९
1 min read
22 0
21
SHARES
42
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

विश्वकप फुटबल प्रतियोगिताको २२ औं संस्करण आजदेखि कतारमा सुरु हुँदैछ । विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबलको सबैभन्दा ठूलाे प्रतियोगिताको २२औं संस्करणमा विश्वका ३२ राष्ट्र बिच प्रतिष्पर्धा हुँदैछ । १ महिनासम्म कुल ६४ खेल हुनेछ । 
कतारमा आज विश्वकप फुटबल सुरु भएसंगै सम्पूर्ण विश्वको ध्यान अब कतार तर्फ केन्द्रित हुँदैछ । विश्वकप फुटबल एशियामा आयोजना हुन लागेको दोश्रो पटक हो । यस अघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो ।

कतारमा हुने विश्वकपमा ३२ राष्ट्र सहभागी हुने यो अन्तिम विश्वकप समेत हो । यस पछि सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने छ ।
कतारमा हुने प्रतियोगितामा ३२ राष्ट्रलाई आठ समूहमा राखीएको छ ।सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ तर युरोपियन च्याम्पियन इटली विश्वकपमा छनौट हुन असफल रहेको छ।

प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्। चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन्।
एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्।
अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्। त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्। दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।

आजको पहिलो उदघाटन खेल
२२औं संस्करणको बिश्वकप फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक कतार र इक्वेडर बिच नेपाली समय अनुसार राती ९बजेर ४५ मिनेटमा सुरु हुदैछ ।
राती ८ बजेर ३० मिनेटमा प्रतियोगिताको उदघाटन हुनेछ । त्यसपश्चात पहिलो खेल हुनेछ । उदघाटन समारोह र खेल अल बेत रंगशालामा हुनेछ । यो रंगशालामा दर्शक क्षमता ६० हजार जना रहेको छ । दोहाबाट ४० किमि टाढा उत्तरमा यो रंगशाला रहेको छ ।
अहिलेसम्म क–कसले चुमे विश्वकप?
ब्रजिलः पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनीः चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
इटलीः चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
आर्जेन्टिनाः दुई पटक (सन् १९७८, १९८६)
फ्रान्सः दुई पटक (सन् १९९८, २०१८)
उरुग्वेः दुई पटक (सन् १९३०, १९५०)
स्पेनः एक पटक (सन् २०१०)
इङ्गल्यान्डः एक पटक (सन् १९६६)
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ।
इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन्।
फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई/दुई पटक) र स्वीडन र क्रोयशिया (एक–एक पटक) रहेका छन्।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

खेलकुद

नेपाल ओलम्पिक कमिटिले लुम्बिनीका १० बिद्यालयमा खेलकुद सामग्री बितरण गर्ने

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

खेलकुद

भैरहवामा आज नेपाल- भारत मिडिया कप मैत्रीपुर्ण क्रीकेट

खेलकुद

साई ग्लोवल कप अन्तर कलेज क्रीकेट: उपाधी बुटवल कालिकालाई

खेलकुद

सिद्धार्थनगरमा ( भैरहवा ) रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?