- सुुभाष सापकोटा
कतार
जारी विश्वकप फुटबल प्रतियोगितामा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्स बिच आज राति खेल हुँदैछ । दोहाबाट २० किमि उत्तरतर्फ रहेको लुसाल स्टेडियममा नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएशियालाई ३० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्दा साबिक बिजेता फ्रान्सले मोरक्कोलाई २ ० गोलले किनारा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिना यो सहित छैठौ पटक विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दा १९७८ र १९८६ मा बिश्व बिजेता बन्न सफल भएको थियो । १९७८ मा नेदरल्याण्डलाई ३ १ गोलले तथा १९८६ मा तत्कालिन पश्चिम जर्मनीलाई ३ २ गोलले हराउँदै विश्वकप फुटबल उपाधि जितेको अर्जेन्टिना यो पटक विश्वकप जित्दै स्वर्णिम इतिहास बनाउने सुरमा छ ।
खेलमा सहभागी हुन तल लिंकमा क्लिक
https://www.facebook.com/groups/921703918269183/permalink/1601766036929631/
Click गर्नुहाेस् ।
उता साबिक बिजेता फ्रान्स पनि तेश्रो पटक विश्वकप चुम्ने सुर बनाउँदैछ । यो सहित चौथो पटक विश्वकप फाइनल पुगेको फ्रान्स २०१८ र १९९८ को विश्वकप बिजेता हो । १९९८ मा ब्राजिललाई ३ ० गोलले र २०१८ मा क्रोएशियालाई ४ २ गोलले पराजित गर्दै विश्वबिजेता बन्दा २००६ को फाइनलमा भने इटालीसंग पराजित भएको थियो ।
दुई देश मध्ये एक विश्व बिजेता हुँदा तिन पटक विश्वकप फुटबल उपाधि जित्ने देश भने हुनेछन् । अर्जेन्टिना अन्तिम पटक २०१४ मा फाइनलमा प्रवेश गर्दा जर्मनीसँग १ ० गोलले पराजित भएको थियो ।
लुसेल रंगशालामा अर्जेन्टिना र फ्रान्स मध्ये एक विश्व बिजेता हुँदा करिब ८९ हजार दर्शक साक्षी हुनेछन् ।
Get real time update about this post categories directly on your device, subscribe now.