• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

मुख र दाँतको सुरक्षा गरौंः डा.हेमन्त हलवाई

Shree News Ok by Shree News Ok
७ चैत्र २०७७, शनिबार ०९:४१
1 min read
57 1
56
SHARES
109
VIEWS

मुख स्वास्थ्यको महत्वलाई बुझेर प्रत्येक वर्ष वर्ष मार्च २० का दिन बिश्व भर मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) मनाउने गरिन्छ । हरेक वर्ष दाँत मुखको सुरक्षा लगायतका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम साथै मुख स्वास्थ्य विषयमा भएका नौला तथा नविनतम उपचार प्रविधि सम्बन्धी जानकारीहरु चिकित्सक तथा अन्य व्यक्ति बिच आदान गरी मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्धेश्यनै मुख दाँतको सुरक्षा कसरी गर्ने भन्ने विषयमा जनचेतना जगाउनु नै हो ।

हरेक वर्ष यो दिवस मनाउँदा नारा तय गरिएको हो । यस बर्षको नारा ‘बि प्राउड अफ योर माउथ’ रहेको छ । समाजमा मुख स्वास्थ्य शिक्षाको धरातललाई अझै बलियो बनाउने उद्देश्यले यो नारा तयमन्त्र रखिएको हो । यस मूल मन्त्र पछाडी विभिन्न कारणहरु रहेका छन् । हामीले आफ्नो मुख स्वास्थ्य मागि गर्व गर्नुपर्छ । अस्वस्थ मुखले हाम्रो शरीरनै अस्वस्थ्य बनाउछ । मुख नै शरीरको ऐना हो भन्ने कुरा हामीले बिर्सिनु हँुदैन । फ्लोरिड युक्त टूथपेस्ट हरेक दिन दुई पटक प्रयोग गर्नुपर्ने हुन्छ । हरेक ६ महिनामा एकचोटी दन्त चिकित्सकलाई देखाउनु राम्रो मुख स्वस्थ तर्फ उन्मुख हुनु हो ।
शरीरका विभिन्न अङ्गमध्ये एक महत्वपूर्ण अंग दाँत हो । दाँतको सुरक्षा र हेरचाह गर्नु त्यत्तिकै आवश्यक छ, जति मुटु, मिर्गौला र फोक्सोको हेरचाहमा छ । वास्तवमा दाँतले कहिलेकाहीँ यी नदेखिने भित्री अंगभन्दा पनि महत्वपूर्ण भूमिका निभाउने गर्छ ।

दाँत तथा मुखको स्वास्थ्यको हेरचाह नगर्नाले दाँत तथा मुखको मात्र नभई शरीरका अन्य विभिन्न अङ्गहरुमा पनि थुप्रै किसिमका समस्याहरु देखा पर्न सक्छन् । सुन्निएको गिजा र दाँत वरपरको हाडको रोगमा भएका किटाणुहरु रक्तनली हुँदै मुटुसम्म पुग्दछ । यि किटाणुहरुको समाजले रक्तनलीको भित्तालाई कडा बनाउँछ जुन बिस्तारै मोटो हुँदै जान्छ (प्लाक जम्मा भएर) र रगतको प्रवाहमा असर पु-याउँछ । जसले गर्दा ह्रिदयघात हुने सम्भावना बढ्छ । मुटुको भित्री भागमा संक्रमण भई एन्डोकाडाइटिस् भन्ने रोग पनि लाग्न सक्छ । गिजा र दाँत वरपरका हाडको संक्रमणले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गार्हो हुन्छ जसले गर्दा गिजा र हाडको समस्या लगायत शरीरका विभिन्न अङ्गहरुमा मधुमेहले गर्दा हुने जटिलताहरु नियन्त्रण गर्न अझ गार्हो पर्छ । अतः मधुमेहका बिरामीहरुले मुखको स्वास्थ्यमा ख्याल गर्नु अरुभन्दा बढी जरुरी हुन्छ ।

सुन्निएको गिजाबाट किटाणुहरु नसा वा रक्तनली हुँदै मस्तिष्कसम्म पुग्न सक्छन् र अल्जाइमर रोग भन्ने मनोरोग गराउन सक्छन । यस रोगमा याद गर्ने र सोच्ने क्षमता बिस्तारै हराउँदै जान्छ । मुख स्वास्थ्यको सुरक्षाका निम्ति नियमित रुपमा दिनको दुई पटक कमसेकम दुई मिनेट ब्रस गर्नु पर्छ । दाँतको सतहमा मात्र नभई, फोहोर दाँत र गिजाको बिचको खाली ठाउँँमा पनि जम्मा हुन सक्छ । दाँत र गिजा बाहेक खानेकुरा र अन्य पदार्थ जिब्रोमा पनि जम्मा हुन सक्छ । अतः ब्रस गर्दा हाम्रो उद्देश्य तिनवटा हुन जान्छ । दाँतका हरेक सतहमा रहेको खानेकुरा र अन्य पदार्थ सफा गर्नु जसले गर्दा दाँतमा किरा नलागोस् । दाँत र गिजा बिचको खाली ठाउँँ सफा गर्नु जसले गर्दा गिजा र गिजाले छोपेको हाडको स्वास्थ्य राम्रो होस् ।

जिब्रोमाथी जम्मा भएको फोहोर सफा गर्नु । सर्व प्रथम त, ब्रस नरम हुनुपर्दछ । ब्रसको खोलमा सफट अर मिडियम लेखिएको ब्रश किन्न जरुरी छ । ब्रस दिनको दुईपटक गर्नुपर्ने हुन्छ । दाँत सम्बन्धी रोगहरुको बारेमा जानकारी पनि एक सचेत नागरिकले राख्नुपर्दछ । नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने गिजामा भएका ब्याक्टेरियाका कारण गिजा सुन्निने, चिलाउने र दुख्ने जस्ता समस्या देखिन्छ । जसले गर्दा सुरुमा गिजाबाट रगत आउने र समयमा उपचार भएन भने ठूलो संक्रमणमा परिवर्तन हुनसक्छ । जसले गर्दा पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ । त्यो रोगले गिजा यति कमजोर हुन्छ कि, दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ । डेन्टिस्टले दाँत र गिजाको जाँच गर्नुका साथै त्यसको रोकथाम र उपचार गर्ने हुँदा जँचाउन ढिला गर्नु हुँदैन । गिजा सुन्नियो भने वा फोहोर धेरै भयो भने मेशिनले सफा गर्न मिल्छ जुन चाहि वर्षमा दुइ पटक गर्यो भने गिजा तथा दाँत र दातलाई समाउने हड्डी स्वास्थ्य रहन्छ ।

दाँतमा जम्मा भएको गुलियोजन्य प्रदार्थसँग मुखमा भएका किटाणुले अन्तक्र्रिया गरी उत्पादन भएको अम्ल लामो समयसम्म दाँतमा रह्यो भने दाँतमा प्वाल पर्न थाल्छ । जसलाई सामान्य भाषामा दाँत किराले खाएको भन्ने गरिन्छ । समयमै समस्याको उपचार भएन भने दाँतमा देखा पर्ने खाल्डो गहिरिएर भित्री नशालाई छुन थाल्छ । जसबाट नशा रहेको तन्तुको संक्रमण भई दाँतमा प्रचण्ड दुखाई हुन्छ । यो नै दाँत दुखाइको प्रमुख कारक तत्व हो । आवश्यकताअनुसार दाँतमा टोपकल फ्लोराइड लगाउने, छिद्र र चरहरुलाई पुर्ने, हटाउने तथा दाँत भर्ने खालका रोकथाम मूलक उपचार गरी दाँत किराले खाने समस्याको सुरुवातमै रोक्न सकिन्छ । किराले खाएको दाँतलाई सजिलै भर्न पनि सकिन्छ । धेरै नै खाएको खण्डमा जरा देखिको उपचार गर्नुपर्ने हुन्छ जसलाई आरसिटी भन्दछन् । आरसिटी गरिसकेपछि दाँतमा क्राउन लगाउनुपर्ने हुन्छ ।
दात कुनै कारणले नभएको भए त्यस्ता स्थानमा फुकाल्न राख्न मिल्ने दात लगाउन समेत मिल्छ । यस्तो अवस्थामा फिक्स दाँत क्राउन लगाएर पनि राख्न सकिन्छ । इम्प्लांट जस्तो प्रविधि प्रयोग गरेर पनि दाँत आजकल सजिलैसंग राख्न सकिन्छ ।

दाँत अगाडी पछाडी वा टेढोमेढो भएको खण्डमा खाने कुराहरु अढकिन सक्छ र हेर्दा पनि नराम्रो देखिन्छ । एस्तो अवस्थामा अर्थोदोन्टिक उपचार गर्नुपर्ने हुन्छ । सेतो खालको हेर्दा कालो नदेखिने ब्राकेस क्लिनिकहरुमा उपलब्ध छ जुन चाही स्नाताकोत्तर तह गरिसकेकाले नै गर्ने गर्दछन् । क्लिअर अलैनर जस्तो नयाँ प्रविधिबाट पनि नदेखिने गरि टेढोमेढो दाँत मिलाउन मिल्छ ।
विहान खाजा वा खाना खाइसकेपछी र बेलुका खाना खाइसकेपछी ब्रस दुई–तिन मिनट अनिवार्य गर्नु पर्छ ।  दाँतको विभिन्न समस्याको निराकरण र उपचारका लागि अहिले विभिन्न सुविधा सहितका अस्पतालहरु खुलेका छन् । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा छुट्टै दाँतको अस्पतालनै सञ्चालनमा छ भने बजारमा पनि विभिन्न सुविधा सम्पन्न क्लिीनिकहरु खुलेका छन् ।

तर सबै दाँत क्लिनीकहरुले प्रचारबाजी गरेर उपचारमा संलग्न रहेको पनि पाइएको छ । तर दाँतको उचित उपचारका लागि नेपाल मेडिकल काउन्सिलसंग आवद्ध रहेका चिकित्सकहरुले प्रदान गर्ने दाँतको उपचार सेवा ग्रहण गर्नु पर्छ ।

बजारमा दन्त चिकित्सक अध्ययन बिना सामान्य सिकाई गरेका व्यक्तिहरुले पनि दन्त क्लिनिक सञ्चालन गरिरहेका छन् । त्यस्ता क्लिीनिकहरुबाट उपचार गर्दा थप समस्या आउन सक्छ । दाँतको सुरक्षामा सतर्क रहन आफ्ना बालबच्चालाई सानो उमेर देखिनै दाँत माझ्ने बानी बसाल्नु हो । यसो गर्न सकिएमा दाँतको रोगबाट बच्न सकिन्छ ।

नेपालमा दन्त अस्पताल र चिकित्सकहरुको अवस्था

दाँत स्वास्थ्य राख्न दन्त चिकित्सक अपरिहार्य छन् । नेपाल भरि १३ वटा डेन्टल कलेजहरु छन् जहाँ बिडिएस पढाई हुन्छ । त्यसैगरी ८ ओटा कलेजहरुमा एमडिएस पढाई हुन्छ । नेपालमा जनरल दन्त चिकित्सक २०२१ को तथ्यांक अनुसार ३६६३ रहेका छन् जुन मध्ये १४३६ पुरुष र २२२७ महिला रहेका छन् । त्यसै गरि एस्पेशालिस्ट ६१६ जना रहेका छन् जुन मध्ये ३३८ पुरुष र २७८ महिला रहेका छन् । जनस्वास्थ्यसंगको तथ्यांक हेर्दा १ दन्त चिकित्सकले १० हजार नागरीकलाई उपचार दिनु पर्छ ।

(डा. हलवाई युसिएमएस कलेज अफ मेडिकल साइन्सेज एन्ड डेन्टल अस्पताल भैरहवाका भाइस प्रिन्सीपल, नेपाल दन्त चिकित्सक संघ लुम्बिनी क्षेत्रिय समितिका पूर्व अध्यक्ष हुन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?