• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

राजनैतिक चक्रव्युहले पछि धकेलिएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

Shree News Ok by Shree News Ok
३ भाद्र २०७८, बिहीबार ०९:३४
1 min read
403 5
392
SHARES
769
VIEWS

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएदेखि नै विवाद मुक्त रहन सकेको छैन । विमानस्थल आयोजना कार्यालयले निर्माण कार्य अन्तिम चरणमा पुग्दा समेत सञ्चालनको पत्तो नहुँदा विमानस्थलको भविष्य नै अन्यौलमा परेको छ ।

एशियाली विकास बैक एडिबी को ६ अर्ब २२ करोड ५१ लाख ऋण सहयोगमा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन थालिएको थियो । २०७१ कात्तिक २७ मा चिनिया कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपसंग भएको ठेक्का सम्झौता समयमै पुरा हुन सकेन । सात वर्षमा ५ पटक म्याद थप भइसकेको छ । तिन वर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुन नसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानु राष्ट्रिय गौरवको आयोजना माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

राजनितिक स्वार्थ


ग्लोबल टेन्डर मार्फत चिनिया कम्पनीले ठेक्का पाएसँगै गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनामा नेकपा एमाले भित्रका गुटहरुको स्वार्थ जोडिएको देखिएको थियो । निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रा.लि. ले स्थानीय ठेकेदारका रुपमा चिनिया कम्पन्नीसंग काम गरेको थियो । कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रा.लि. अनौपचारिक रुपमा सङ्गलग्न गराएका थिए । त्यस पछि हिमालय इन्फ्राटेक हराएको थियो । पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको सङ्गलग्नतामा नर्थ वेष्ट, चिनिया कम्पनीसँग प्रत्यक्ष काममा जोडिएको थियो । त्यस अघि यो कम्पनीले सामानको सप्लाई मात्र को काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनिया कम्पनीसँग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनितिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गए पछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रिदै गएको थियो । त्यसैको परिमाण थियो चिनिया कम्पन्नीले नर्थ वेष्टलाई अलग गर्नुको । त्यति बेलासम्म आयोजना को २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो कम नाफा मूलक जमिन मुनी र सतहका संरचना भनिएको छ ।

नर्थ वेष्ट अलग भए पछि पनि एमाले युवाको अर्को समूह यति ठूलो आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए । अन्जित बिष्ट, सुमन पुरी, बालकृष्ण शिवाकोटी लगायतका युवाहरुको यो समूह माथि पुरानो टिमलाई बाहिर पार्ने भूमिका खेलेको आरोप रहेको छ । यो समूह युवा सघका पूर्व अध्यक्ष महेश बस्नेत निकट मानिन्छन । युवा संघका गुरुङ्ग समूह नेकपा एमाले (समाजवादी) भित्र माधव कुमार नेपाल र बस्नेत केपी ओली समूहका रुपमा चिनिन्छन् । सम्झौता अनुसार भुक्तानी नदिए पछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिदा चिनिया कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप रहेको छ ।

भुक्तानीको झमेला


आयोजना गतिहिन भइरहेका बेला चिनिया ठेकेदारबाट करोडांै रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत काम गरेका थिए । त्यस समय चिनिया कम्पनिले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन । भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।

निर्माण किन ढिलाई


सुरुका दिनमा ठेकेदारको लापरवाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको हो । चिनिया कम्पनीले ठेक्काको रकम भन्दा घटेर टेन्डर हालेको हुँदा कम्पनीसँग पैसाको अभाव, निर्माण सामाग्री उपलब्ध नहुने, ठेकेदारहरुको एक आपसमा समन्वय नहुने लगायतले गर्दा ढिलाई भएको बताइन्छ । चिनिया ठेकेदारको काम सुस्त भएको भन्दै नेपाल नागरिक उड्डयान प्राधिकरणलाई विमानस्थलको अनुदान र ऋण रोक्ने भन्दै चेतावनी युक्त पत्र एडिबीले लेखेको थियो ।

मुआब्जा र क्षेत्रफल


गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधिकरण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ । अहिलेसम्म २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४ सय ३७रुपैयाँ मुआब्जा स्वरुप वितरण गरिसकिएको छ । अधिकरण गरेको जग्गा सहित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्वामित्वमा यति बेला ८ सय १० बिगाहा जग्गा रहेको छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ । अहिलेको गौतमबुद्ध विमानस्थल वि.सं. २०११ सालमा पूर्वप्रधानमन्त्री डा. के आई. सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुवातको दिनमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०÷०२१ साल तिर हालको ठाउँमा स्थानान्तरण भएको थियो । वि.सं. २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा रहेको छ ।

होटल व्यवसायी निरास


कोभिडले तहसनहस बनाइरहँदा पनि गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल निर्माण पछि सञ्चालन पश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यति बेला भैरहवा–लुम्बिनी क्षेत्रमा अरबौं को लगानीमा नयाँ तारे होटल पनि निर्माण भइरहेको छ । चिनिया कम्पनीले समय मै विमानस्थल निर्माण सम्पन्न गरेको भए ४ वर्ष अघि नै होटल तथा पर्यटन व्यवसायी लाभान्वित हुने थिए ।
होटल व्यवसायीका अनुसार लुम्बिनी, भैरहवा, बेलहिया, मणिग्राम क्षेत्रमा १ सय ४० वटा सानाठूला र तारे होटल सञ्चालनमा रहेका छन् । विमानस्थल निर्माण सुुरु भए पछि २ वटा फाइभ स्टार तथा १२ वटा ठूला होटलले निर्माण सुुरु गरेका थिए । यस क्षेत्रका होटलमा करिब २० अर्ब लगानी रहेको र करिब १२ अर्ब विभिन्न बैंकको ऋण रहेको छ । चिनिया निर्माण कम्पनीको लापरवाहीले समय मै विमानस्थल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका होटल व्यवसायी अहिले निकै निरास भएका छन् । अर्को तर्फ कोभिडका कारण सिमा नाका बन्द हुँदा भारतीय पर्यटक यस क्षेत्रमा आउन नपाउँदा होटलहरु भुतबंगलामा परिणत भएको व्यवसायीले गुनासो गर्दैछन् । उनिहरु भन्छन्, ‘‘भारतिय नागरिक जो दुबै मात्रा खोप लगाएका छन् र उनिहरुसंग ७२ घण्टाको पिसिआर रिपोर्ट छ भने उनिहरुलाई नेपाल भ्रमणमा अनुमति दिइनु पर्छ, पर्यटन अघि बढाउन पर्यटक ल्याउनै पर्छ, सबैभन्दा सजिला पर्यटक भारतीय हुन् ।’’
(मल्ल, रुपन्देहीमा कृयाशील सञ्चारकर्मी हुन्, उनि एभिन्यूज टिभीमा आवद्ध छिन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?