• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, October 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

थारु समुदायको पर्व माघीको महत्व र विशेषता

Shree News Ok by Shree News Ok
१ माघ २०७७, बिहीबार १२:०७
2 min read
251 3
244
SHARES
479
VIEWS

थारुहरुले माघ महिनामा मनाउने मुख्य पर्व माघी हो । यसै दिन उनिहरुको नयाँ वर्ष पनि प्रारम्भ हुने हुनाले अझ विशेष रहेको हुन्छ । माघ १ गते अर्थात् माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरुसँगै सामूहिक रुपमा नदीमा नुहाउन जाने प्रचलन छ । नुहाएर आईसके पछि घरका अन्य काम पुजा सम्पन्न गरी दिदीबहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘नसराउ’ भनिन्छ ।

त्यसपछि सबै जनाले घरका सबैसँग र गाउँभरी ढोग गर्ने, नमस्ते गर्ने पनि चलन छ । गाउमा समुह मिल्दै परिवार सित गएर सलाम गर्ने नमस्कार गर्ने आफु भन्दा ठुलाबाट आशिर्वाद थाप्ने र नाचगान गर्दै रमाउँने गरिन्छ । वर्षभरी आफुले कमाएका सफलताहरु दुखपाएका घटनाहरु, संघर्षका कथाहरु, सुख दुःख का कुराहरु परिवारमा साथीभाईमा साटासाट गर्ने चलन छ ।

माघीमै आफ्नो घरपरिवार भित्र पनि कामको बाँडफाँड गरिन्छ, यसरी काम बाडफाड गर्दा त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ भने मुखिया चुन्ने चलन पनि छ। गाउमा नया कामको सुरुवात, जिम्मेवारी बाडफाड देखिहरेक कुरा सामुहिक रुपमा छलफल गरी हुने हुदा लोकतान्त्रिक सस्कार पनि देखिन्छ । यो पर्वमा दिदी बहिनी, छोरी चेलिलाई उपहार दिनुपर्छ। माघीको दिन सबेरै नुहाएर आइसकेपछि उपहार दिनु पर्छ । उपहारमा चामल, नुन, दाल आदि पाँच मुठी वा तीन मुठी निकालेर दिइन्छ । यसलाई ‘निसराउ’ भनिन्छ । यसले छोरीचेलिको दाईभाइहरु संग सम्बन्ध अझ प्रगाढ बनाउने बिश्वास हुन्छ । थारु समुदायको माघ महिना भनेको नयाँ वर्ष सु हुने भएकाले नयाँ आर्थिक वर्ष सुरु हुने पनि हुन्छ । पुरानो चलन अनुसार हिसाब किताव फोरफार गर्ने, लेन देन मिलाउने, नयाँ व्यबहारको सुरुवात गर्ने लगायतका गतिबिधी पनि माघिकै दिनबाट सुरु हुन्छ । माघी पर्व परिवार तथा समाज संग सम्बन्ध दरिलो बनाउने पर्व पनि हो ।

माघीका दिन सबेरै नदीबाट नुहाएर आएर गाउँभरीका बुढापाकादेखि लिएर स–साना बालबालिकासम्म सबैले सबैसँग ढोग गर्ने र आशिर्वाद लिने दिने चलन परिवार र समाजमा छ । त्यसैले यो आशिर्वाद लिने दिने चलनले परिवार र सिंगोसमाजलाई नै एकता कायम गर्दै सामाजिक सदभाव कायम राख्न मद्धत पुरयाएको हुन्छ र यस्ले एकापसमा आत्मियता बढाउन सहयोग गर्छ ।

माघमा एउटा महत्वपूर्ण कार्य हुन्छ त्यो भनेको गाउमा अगुवा।मुखीया चुन्ने । यो पुरानो प्रचलन हो र अहिले धेरै ठाउमा हराईसकेको छ । तर परम्परा भने बिर्सेका छैनन थारुहरुले । त्यसैले गाउँको अगुवा चुन्ने काम भएको पाईन्छ  । यो काम गाउँको अगुवाको घरमा भेला भएर हुन्छ ,त्यो भेलालाई ‘ख्याल’ भनिन्छ । गाउँको अगुवालाई ठाउँ विशेष अनुसार बरघर, महटावाँ, भल्मन्सा आदि पनि भनिन्छ । यो दिनमा नयाँ अगुवा मुखीया चुनिनुका साथै वर्षभरी गरिएका कामको समीक्षा गरिन्छ र अघिल्लो वर्षमा भएका कमीकमजोरीहरुलाई नयाँ बर्षमा नदोहो¥याउने प्रतिबद्धता गरिन्छ । माघीका दिन घर सल्लाह समेत गर्दै घर परिवारमा बर्ष भरी गर्ने कामको बाडफाड हुन्छ । घरसल्लाहमा घरमूली को बन्ने, घरको काम कसले गर्ने, बाहिरको काम कसले गर्ने, भाइ भाइ घर छुट्टिदा अन्नबाली बाँड्ने जस्ता कामहरु सल्लाहपूर्वक गर्ने गरिन्छ । त्यसैले यसलाई घरसल्लाह गर्ने दिनको रुपमा पनि लिइन्छ । घरमूलीले भनेको सबैले मान्नु पर्ने चलन छ । साथै केही नया काम गर्नु परेमा घरसल्लाहमा यही बेला गरेर कहीले नया काम सुरु गर्ने भन्ने पनि सल्लाह हुन्छ । त्यसैले थारु समुदायको माघी पर्व अरु समुदायको भन्दा निकै भिन्दैछ । परिवारमा मिलेर बस्ने समाजमा गाउमा पनि एकै साथ मिलेर बस्ने, मिलेर काम गर्ने, सबै संग मिल्ने, सहयोगी भावना भएकोले पनि थारु समुदायको समाजमा छुट्टै पहिचान छ ।

थारु समुदायमा माघीको दिन अर्थात् माघ १ गतेको दिनमा चोखो अर्थात् शुद्ध काम गर्नु पर्ने धारणा छ । थारु समुदायमा ‘माघीको दिन (माघ १ गते) मा रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता पाइन्छ । त्यसैले पुस मसान्तको दिनमा सुँगुर मार्ने (जिता मर्ना काम), पकाउने काम गरिन्छ । १ गतेको दिन केवल खाने, पूजापाठ गर्ने जस्ता काम मात्र हुन्छ । यसले धार्मिक महत्वलाई जनाउछ । त्यस्तै नदीमा नुहाउन जाँदा सबैले खुट्टाको पैताला मुनि पैसा दबाएर नुहाउनु पर्दछ अर्थात जलदेवतालाई पैसा चढाएर मात्र स्नान गरिन्छ । त्यसैले यो समुदायमा सास्कृतिक संगै धर्मको पनि महत्व छ र माघीले छुटीएर बिभिन्न स्थानमा रहेकालाई एकास्थानमा ल्याउने काम पनि गरेको छ ।

माघीमा गाउँको अगुवा बडघर, घरको अगुवा घरमूली, खबरको काम गर्ने चौकीदार, स्वास्थ्य तथा गाउँको सुरक्षा गर्ने देशबन्ध्या गुरुवा, घरगुरुवा आदिको छनौट गरिन्छ । योपहिला देखि चल्दै आएको प्रचलन हो । सबैले एक बर्ष सम्म काम गर्न सक्ने गरि जिम्मेवारी दिईन्छ । जिम्मेवारी पाउनेमा महिला, पुरुष वा गैह्रथारु समुदायको मानिस पनि हुन सक्छ । यो थारु समुदायमा देखिने राम्रो पक्ष हो ।
थारु समुदायमा खाईने परिकारहरु पनि धेरै छन् । यस्का आप्mनै बिशेषता हरु छन् ।
केही प्रसिद्ध परिकारहरु यस प्रकार छन्ः

ढिक्री


चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया सानो मुख भएको माटोको भाँडोमाथि बफाएर पकाइन्छ । थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।
माघीका बेला पनि ढिक्री खाने गरिन्छ । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ । तर अहिले जुनसुकै बेला पनि यो परिकार खाने गरिन्छ र थारु रेष्टुरेन्टहरुमा सहजै ढिक्री उपलब्ध हुन्छ ।

लाइलड्डु


नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयका बेला भुजालाई भेली वा चिनीको झोलमा मुछेर बनाइएको परिकारलाई थारु समुदायमो लाइलड्डु भनिन्छ । यसलाई मुरीको लड्डुपनि भनिन्छ । माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाने गरिन्छ । माघीको दिन थारु परिवारमा घरको चामल, दाल, नुन, खुर्सानीजस्ता अन्न परिवारका सबै सदस्यलाई भाग लगाइन्छ । बिहानै नुहाएर शुद्ध भइसकेपछि सबैले आ–आफ्नो भाग छोएर लाइलड्डु भोग गर्ने नियम रहेको छ ।सँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ ।

दूधपुवा


दूधपुवा पनि थारु जातिले खाने परिकार हो । चामलको पिठो मुछेर माटोको भाँडामा रोटी पकाइन्छ । तातो तातो रोटीलाई उम्लिरहेको दूधमा डुबाएर दूधपूवा बनाइन्छ । शरीरलाई दूध र चामलबाट पाइने पौष्टिक तत्व पाइने हुनाले यो स्वास्थ्यवद्र्धक समेत छ ।

घोङ्घी


थारुको अति प्रिय भोजन हो, घोँगी । शंखेकीराजस्तै देखिने घोँगी खोला अनि तलाउमा पाइने सामुद्रिक जीव हो । त्यसैले यसलाई थारु सी फुड पनि भनिन्छ । घोँगी खाएपछि ढाड, घुँडा, जोर्नीको दुखाइ निको हुने थारु समुदायले विश्वास गर्छन् । घोँगी बटुलेपछि सफा गर्ने थारु समुदायको आफ्नै प्रविधि छ । सफा गरी उसिनेर पकाइएको घोँगीलाई चुसेर खाइन्छ । चुस्दा घोँगीको भित्री रहेको मासु जस्तै नरम बस्तु मुखमा आउँछ जुन निकै पोषिलो मानिन्छ ।

गंगटा

थारु समुदायमा प्रसिद्ध सी फुड गंगटा पनि हो । गंगटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहान नजिक गंगटा पाइन्छ। गंगटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा फ्राई गरी पकाइन्छ । यसलाई पोलेर वा उसिनेर पनि खाने गरिन्छ ।
गंगटा सेतो रगत भएको जीव भएकाले मानव रगतलाई समेत राम्रो बनाउँछ भन्ने मान्यता छ ।

झिंगे माछा


पानीमा झिँगाजस्तै उफ्रिहिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारुको पनि यो प्रिय परिकार रहेको छ । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । ‘काँचो हुँदा कालोकालो रङको हुन्छ । तेलमा तारेपछि यो रातो हुन्छ । झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ । ‘जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता थारु जातीमो छ।

सानो बाम


सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ । थारुले सानो बाम माछालाई तारेर सस्युँ र लसुनमा पकाउने गर्छन् । ‘माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ । उच्च प्रोटिनयुक्त र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ ।’

अइठा


घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा । ‘घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ ।’ घोँगीलाई पोथी र ऐँठालाई भाले भन्ने गरिन्छ । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कन्छ ।ऐठाको मासुलाई भुटेर वा उसिनेर अथवा पोलेर खाने चलन रहेको छ । ऐँठा पनि घोँगीजस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियम युक्त मानिन्छ ।

सितुवा


सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । यसको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । यो जमेको पानी या तलाउहरूमा पाइन्छ । सितुवालाई पहिले उसिन्नुपर्छ । उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र पकाएर खाइन्छ ।त्यो मासुलाई फ्राई गरी, ग्रेभी वा अन्य तरीकाबाट पनि पकाएर खान सकिन्छ । यस्को मासु निकै स्वादिलो हुन्छ ।
सितुवा खाए शरीरमा न्यानोपन बढ्ने बताईन्छ । सितुवाको मासुलाई शुद्ध र सफा मासु मान्ने प्रचलन थारु समुदायमा छ ।

अनई माछा


सर्पजस्तो आकारको हिले माछालाई थारु जातिले अनई माछा भन्छनु । यो पानीको स्रोतनजिकका माटो, हिलो र दलदलमा पाइन्छ । हिलोमा बस्ने भएकाले यसलाई समात्न निकै गाह्रो हुन्छ ।
सर्पजस्तो भए पनि यो माछाले टोक्दैन । पुच्छरको भाग माछाको जस्तो चेप्टो हुनाले अनई माछालाई चिन्न सकिन्छ । अनई माछा खाए रगत बढाउने र मेरुदण्ड, जोर्नी दुखेको ठीक पार्छ भन्ने थारु समुदायमा विश्वास रहेको छ ।

(चौधरी श्रीन्यूज ओके अनलाइनका सह–सम्पादक हुन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?