• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, October 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

विश्व भन्सार दिवसको सान्दर्भिकता, सन्दर्भः अन्तर्राष्ट्रिय भन्सार दिवस

Shree News Ok by Shree News Ok
९ माघ २०७७, शुक्रबार १२:३३
1 min read
374 3
363
SHARES
712
VIEWS

भन्सार भन्ने वित्तिकै आयात निर्यातलाई सहजिकरण र सरलिकरण गर्ने भन्ने सस्था बुझिन्छ । भन्सार शब्द मुलुकको आर्थिक गतिविधिसँग जोडीएको मुख्य शब्द हो  । आर्थिक गतिविधिसँग देशबाट वस्तु तथा सामान निर्यात गर्दा र देशलाई आवश्यक पर्ने सामान बिदेशबाट आयात गर्दा ति सामानहरूको मूल्य हेरेर राजस्व असुली गर्ने काम भन्सारले गर्दछ । मुलुकमा राजस्व संकलनमा मुख्य योगदान भन्सार राजस्वबाट हुने गरेको छ । मुख्यतया हवाई उडान मार्फत हुने आयात निर्यात र स्थलमार्गबाट हुने आयात निर्यात गरी दुई प्रकृतीमा भन्सार राजस्व संकलनका लागि भन्सार कार्यालय स्थापना भएका छन् । हवाई उडान मार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने आयात निर्यात पर्छ भने स्थलमार्ग अन्तरगत भारत र चीनसँग सीमा जोडिएका स्थानमा स्थापित भन्सार कार्यालय मार्फत् भन्सार राजस्व संकलन हुँदै आएको छ । भन्सार कार्यालयले भन्सार महशुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरूमा कृषि सेवा र सडक दस्तुर कर असुल गर्दछ ।

भन्सार कार्यालयले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत कर असुली गर्दछ  । भन्सार महसुलले भने कुल कर सम्बन्धि राजस्वको २० प्रतिशत असुली गरेको पाइन्छ । राजस्व परिचालनमा भन्सार प्रशासनको सवैभन्दा ठुलो भूमिका रहेको हुन्छ । तर भन्सार कार्यालयको दायरा खाली राजस्व परिचालनमा मात्र सिमित हुनु हुदैन् । समय सापेक्ष रूपमा भन्सार कार्यालयलाई अघि बढाउँदै सर्बसाधारणलाई छिटो छरितो रूपमा कार्यसम्पादन गर्नु मुख्य चुनौती हो भने अन्तर्राष्ट्रिय व्यापार, प्रविधिको विकास, राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुसार भन्सार कार्यालय ÷प्रशासनलाई पारदर्शी र सेवामुखि बनाउन पनि भन्सारको दायित्व महत्वपूर्ण हुन्छ ।

राजस्व असुलीको हिसावमा भन्सार कार्यालयहरूको भूमिका सवैभन्दा ठुलो हुने मात्र नभई सिमानाकाबाट हुनै अबैध ब्यापार नियन्त्रणमा समेत ठुलो जिम्मेवारी भन्सार कार्यालयको रहन्छ । भन्सार कार्यालयले राजस्व संकलन मात्र गर्ने नभई सिमानाकाबाट कानुन बिपरीत हुने गतिबिधी, चोरी निकासी,तस्करी नियन्त्रणमा पनि ठुलो भुमिका रहेको छ भने बैध ब्यापार गर्न सबैलाई प्रोत्साहन समेत गर्ने गर्दछ । बढी राजस्व संकलन गर्ने भएर राजस्वको परिचालनमा भन्सार प्रशासनको स्थानलाई सबैभन्दा अग्रस्थानमा रहने गरेको छ । भन्सार प्रशासनलाई सूचना प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी खुल्ला अर्थव्यवस्था अनुरूप व्यवस्थित, पारदर्शी, सेवामुखी एवं उत्तरदायी बनाउने दायित्वमा भन्सार विभागले बारम्बार प्रतिवद्धता जनाउँदै आए तापनि पूर्ण रूपमा सूचना प्रविधीको माध्यम अझै प्रयोग हुन नसकेको, पेपरलेस भन्सार नभएको पाइन्छ । सूचना प्रविधियुक्त भयो भने सेवाग्राहीले छिटो भन्दा छिटा सेवा पाउनेमा दुई मत छ्रन् ।

पछिल्लो समय भैरहवास्थित भन्सार कार्यालय मुलुकको मुख्य भन्सार नाका बन्दै गएको छ । २०७२ सालमा तराई ÷मधेशमा भएको आन्दोलन, नाकाबन्दी लगायतका बाबजुद यो नाकालाई सहज गराउन भैरहवा भन्सार कार्यालय र एजेन्टहरूले ठूलो भूमिका निर्बाह गरेका थिए । बिरगन्जपछिको दोश्रो भन्सार नाका रहेको भैरहवा पछिल्लो समय मुख्य भन्सार नाका बन्दै गएको छ । भन्सार नेपालमा मात्र नभएर बिश्वभर सरकारी निकायको प्रमुख अंग हो । प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन र यो वर्ष १३ माघ, २०७७ मंगलवार विश्वभर भन्सार दिवस मनाइदैंछ ।

यस वर्षको भन्सार दिवस ६९ औं हो । नेपाल विश्व भन्सार संगठनमा २२ जुलाई १९८६ मा आवद्ध भएपछि हरेक वर्ष यो अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइरहेको छ । नेपालमा अहिले भन्सार अझै व्यवस्थित गरी सूचना प्रविधि मैत्री बनाउने, जस्ताकार्य भइरहेको बताइन्छ । आसिकोडा प्रबिधी लागु भएको छ । तर ईन्टरनेट प्रबिधी ढिला भएकाले समस्या आउने गरेको छ । यसलाई सुधार गर्न आबश्यक छ । ढिलो हुदा समस्या बढेको छ । भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना अनुसार काम भइरहेको र यसबाट भन्सारमा रहेका झन्झटीलो पद्धतीहरू अन्त्य भई सरलिकृत भन्सार प्रणालीको स्थापना हुने विश्वास सबैको छ । भन्सार व्यवस्थापन चुस्त र सरलिकृत बनाइनु आजको आवश्यकता पनि हो । विश्व भन्सार दिवसमा सबैलाई शुभकामना ।
(न्यौपाने भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष हुन् ।)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?