• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

फागुन मसान्तसम्म करदातालाई अवसर

Shree News Ok by Shree News Ok
१६ फाल्गुन २०७७, आईतवार १५:१९
1 min read
207 2
201
SHARES
395
VIEWS
  • मञ्जु पोखरेल

कर बुझाउन बाकी रहेका, सम्पर्कमा नआएका करदाताहरुलाई आर्थिक ऐन, २०७७ ले बक्यौता कर तथा आय विवरण र मु.अ.कर विवरण बुझाउन अवसर प्रदान गरेको छ । वितमा करको दायरामा नआएका तथा दायरामा आएर पनि कर सहभागिता नजनाउने करदातहरुकोलागि सरकारले फागुन मसान्त सम्म बक्यौता कर एवं विवरण बुझाउन सकिने र यसरी पुराना करहरु बक्यौता बुझाउदा बिभिन्न किसीमका सहुलियतहरु, छुटहरु ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमै सम्बोधन भएको र आर्थिक ऐनले प्रदान गरेको यो अवसरलाई उपयोग गरेमा कार्यालयबाट हुने जरिवाना तथा अन्य कारवाहीबाट बच्न सकिन्छ । कुनै व्यक्तीले व्यक्तीगत लेखा नं(प्यान) नलिई कारोबार गरेको भएमा तत्काल कार्यालयमा आई प्यान नम्बर लिने र त्यसरी बिना प्यान गरेको व्यबसायमा आय आर्जन भएको भए आव २०७४/७५ र २०७५/७६ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०७७ फागुन मसान्तसम्म बुझाएमा यस्तो करमा लाग्ने शुल्क र ब्याज छुट र मिन्हा हुनेछ ।

त्यसै गरी स्थायी लेखा नम्बर(प्यान) लिएर आय विवरण पेश नगर्ने वाषिर्क ५० लाख रुपैयाँ सम्मको कारोबार गर्ने व्यक्तिले आर्थिक वर्ष २०७३/७४ यताको लगातार तीन आर्थिक वर्षकोे आय विवरण, सो आय विवरण अनुसार आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुन मसान्तसम्म बुझाउन सक्ने भएका छन्  । सो अवधिसम्म कर तिरेमा यस्तो आयमा लाग्ने कर, शूल्क तथा बाँकी ब्याज मिनाहा हुने छ । वाषिर्क ५० लाख भन्दा माथिको कारोबार गर्ने व्यक्ति वा संस्थाले विवरण बुझाएमा भने शुल्क र ब्याज मिनाहा हुनेछ  । उनीहरुले कर भने तिर्नुपर्नेछ  । उता मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले २०७५ साल असार मसान्तसम्मको कर विवरण पेश नगरेको र कर समेत नतिरेको भए यस्तो करदाताले फागुन मसान्तसम्म कर विवरण, सो कर अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको २५ प्रतिशतसम्म बुझाउन सक्नेछन्  ।सो अवधिभित्र बुझाएमा थप जरिवाना, दस्तुर र बाँकि ब्याज छुट हुने भएको छ  ।

तर, तोकिएको अवधिमा पनि कर नबुझाउनेमध्ये २०७३ असार मसान्तयता कर विवरण पेश नगर्ने करदाताको भ्याट दर्ता स्वतः खारेज हुने र त्यसरी खारेज भएका करदाताबाट कर बक्यौता भने अभिलेख कायम गरी सरकारले असुल उपर गर्ने छ । उता विभागले निर्धारण गरेको करमा चित्त नबुझे प्रशासकीय पुनरावलोकन तथा पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ  । यसरी विचाराधिन अवस्थामा रहेका मुद्दा करदाताले फिर्ता लिएर निर्धारण भएको आयकर, मू.अ.कर, अन्तशूल्क वापतको कर र ब्याज फागुन मसान्तसम्म बुझाएमा समेत त्यसमा लागेको शूल्क, थप दस्तुत तथा जरिवाना मिनाहा हुने छ  ।

कोरोनाबाट प्रभाबित उद्योग व्यबसायका लागी पनि छुट सुबिधाहरु छ । वार्षिक २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय भएका व्यक्तिलाई लाग्ने आयमा यो वर्ष ७५ प्रतिशतसम्म छूट दिइएको छ  । वार्षिक २० लाखदेखि ५० लाखसम्मको कारोबार हुने करदातालाई आयकरमा ५० प्रतिशत छूट दिइएको छ  । वाषिर्क १ करोड रुपैयाँसम्म कारोबार हुने करदाताको हकमा २५ प्रतिशत कर छूटको व्यबस्था रहेको छ । कोरोनाबाट अति प्रभावित होटेल, ट्राभल, यातायात, ट्रेकिङ र हवाई सेवामा वार्षिक १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेलाई आव २०७६/७७ को आयकरमा २० प्रतिशत छुटको सुविधा समेत यो वर्ष सरकारले ल्याएको छ  ।

कोभिड–१९ बाट प्रभावित व्यवसाय तथा करदाताहरुलाई आ.ब २०७७।७८को को कारोवारमा विशेष छुट तल अनुसार रहेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्य क्षेत्र  साविकमा आन्तरिक राजस्व कार्यलय भैरहवाको कार्यक्षेत्र रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको बडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२ साथै लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाँउपालिका, मायादेवी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउपालिका, ओमसतिया गाउँपालिका, रोहिणि गाउँपालिका, सम्मरीमाई गाउपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका तथा पश्चिम नवलपरासी जिल्लाको रामग्राम न.पा., सुस्ता गा.पा., पाल्हीनन्दन, प्रतापपुर र सरावल गाउँपालिका रहेकोमा २०७७ देखि वर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला हेर्ने गरी करदाता सेवा कार्यालय परासीको स्थापना भएको छ ।

व्यवसाय दर्ता खारेजी, पूर्णकर परीक्षण, अनुसन्धान छानवीन तथा अन्तःशुल्क जन्यवस्तुको प्रशासन बाहेक करदातासेवा शाखाबाट प्रवाह हुने सेवाहरु जस्तैः व्यवसाय दर्ता, आय विवरण पेश गर्ने , मु.अ.कर विवरण पेश गर्ने, करचुक्ता लिने, व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नं लिने, कारोवार संशोधन तथा कारोवारसँग सम्बन्धित विवरणहरुको संशोधन गर्ने कार्यसमेत करदाता सेवा कार्यालय परासीले गर्ने हुँदा करदातालाई लामो दुरीमा रहेको कर कार्यालयमा आइपुग्न लाग्ने समय बचत हुनगई थप सहज भएको छ ।

                                                                     राजस्व संकलन लक्ष्य अनुसार

आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत करदातासेवा कार्यालय परासी समेत गरी आ.ब. २०७७।७८को माघ सम्ममा व्यवसायिक स्थायी लेखा नं लिने करदाताको संख्या ४९३९८ रहेको छ रहेको छ भने व्यक्तिगत स्थायी लेखा नं लिने करदाताको संख्या ५०३६९ रहेको छ । व्यवसायिक स्थायीलेखा नं लिने करदाताहरुमध्ये ७४०३ करदाताहरु मुल्य अभिबृद्धी कर(भ्याट)मा समेत दर्ता भएका छन् । राजस्व संकलनतर्फ आन्तरिक राजस्व कार्यालय भैरहवालाई आ.ब २०७७।७८मा ९ अर्व ८० करोडको राजस्व संकलनको लक्ष्य प्राप्त भएकोमा २०७७ माघ मसान्त सम्ममा ४ अर्व ९६ करोड राजस्व संकलनको लक्ष्य मा ५ अर्व ८७ करोडको राजस्व सङ्कलन भएको छ । राजस्व संकलन लक्ष्यको ११८ प्रतिशत प्रगति हासिल गरेको छ  । सचेत र जागरुक करदाता, कार्यालयको कर मैत्री प्रशासन तथा कर शिक्षाको प्रभाबकारीताले पनि राजस्व संकलन प्रगतिमा सहयोग पुगेको छ ।
(पोखरेल आन्तरिक राजश्व कार्यालय भैरहवाकी कर अधिकृत हुन् )

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?