• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

‘‘हाम्रो जित सुनिश्चित छ, जनलहर हाम्रो पक्षमा छ’’ बालकृष्ण खाण: रुपन्देही क्षेत्र नम्बर ३ (प्रतिनिधि सभा सदस्य उम्मेदवार)

Shree News Ok by Shree News Ok
१ मंसिर २०७९, बिहीबार १८:३८
1 min read
45 1
44
SHARES
86
VIEWS

बालकृष्ण खाण नेपाली काँग्रेसका नेता एवम् वर्तमान सरकारका गृहमन्त्री हुन् । पंचायती व्यवस्था अन्त्य र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउने आन्दोलनमा उनी अग्रपंतिमा मात्र रहेनन् कैयौं पटक जेलमा समेत बसेका छन् । २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा प्रवेश गरेका खाण लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा प्रखर रूपमा उभिँदै आएका छन् ।

खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । पाँच दलिय गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) का साझा उम्मेदवारका रुपमा रहेका खाणलाई पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टीको समेत समर्थन रहेको छ । मतदानको संघारमै रहेका क्रममा खाणसँग निर्वाचनलाई केन्द्रित गर्दै श्रीन्यूज ओकेले गरेकोे कुराकानीको केही अंशः

  • निर्वाचनको संघारमा छौं, प्रचार प्रसार, घरदैलौ कार्यक्रम सकियो, मतदाताको उत्साह कस्तो पाउनु भयो ?

हो, हामी निर्वाचनको संघारमै आइसक्यौ । विहीवार राती १२ बजेबाट प्रचारप्रसार गर्न पाइदैन् । आजका दिनसम्म प्रचारप्रसार र घरदैलोमा व्यस्त छौं । विहीवार दिउँसो भैरहवामा चुनावी सभा आयोजना गर्दैछांै । प्रचारप्रसारका क्रममा सिद्धार्थनगरको बेलहियादेखि बुटवलको सेमलारसम्म रुपन्देहीको क्षेत्र परेकाले कोही मतदाता पनि नछुटुन भन्दै प्रचारप्रसार घरदैलोमा लाग्यौं । गठबन्धनको टिम प्रचारका लागि खटिएको छ । क्षेत्र अन्तरगत रहेका प्रत्येक वार्डहरुमा निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना गरी प्रचार तथा घरदैलोका कार्यक्रम सम्पन्न भएका छन् । कति पय स्थानमा चाहेर पनि समय अभावले जान नसके पनि गठबन्धनका साथीहरु मतदाता पुग्नु भएको छ । म पुग्न नसकेका र छुटेका मतदाताहरुलाई यसै मिडिया मार्फत तपाईंहरुको अमूल्य मत प्राप्त हुनेमा विश्वस्त रहेको छु । मतदाताहरु निकै उत्साहित हुनु भएको छ । मतदाताले योग्य, विकासप्रेमी लोकप्रिय नेताका रुपमा खाणलाई पाएको प्रतिकृया पाउँदा निकै हर्षित छु । मतदाताको प्रतिकृयालाई मैले बिजयी मालाको रुपमा लिएको छु । मैले यस क्षेत्रमा गरेको कामको मूल्याङ्कन मतदाताहरुले गर्नु हुनेछ ।

  • पञ्चायत बिरुद्ध र गणतन्त्र स्थापनाको आन्दोलनमा निकै खरो रुपमा प्रस्तुत हुनुहुन्थ्यो, अहिले पुरै शैली फेरिएको छ, नरम रुपमा प्रस्तुत हुनुहुन्छ के भन्नु हुन्छ ?

पञ्चायती निरंकुश व्यवस्था बिरुद्ध हामीले धेरै आन्दोलन ग¥यौं । पञ्चायत व्यवस्था बिरुद्धको आन्दोलन होस वा गणतन्त्र ल्याउँदा निरंकुशबोकेकाहरु बिरुद्ध हामी सबै मधुरो स्वर तथा खरो रुपमा प्रस्तुत नभएका भए आन्दोलन सफल हुँदैन थियो । दुबै आन्दोलनमा अग्रपंतिमा रहे । जनताले बुझ्ने गरी राष्ट्र, राष्ट्रियता, स्वतन्तत्रा, लोकतन्त्रका पक्षमा बिभिन्न स्थानहरुमा अझ पञ्चायतमा त गोप्य स्थानहरुमा बोल्दै बुझाउँदै जानु पर्थयो । पञ्चायतमा चर्को स्वरले बोलिएन भने उल्टै दबाईन्थ्यो । राजनैतिक दल र हामीहरु खरो र चर्को रुपमा प्रस्तुत भएर आन्दोलनमा नहोमिएको भए कहाँ हुन्थ्यौ भन्न सकिदैन थियो । अहिले समय र परिस्थिति फरक छ । जिम्मेवारी बढी छ ।अहिले कम बोल्ने, धेरै काम गर्ने र आन्दोलनको माध्यमबाट प्राप्त उपलब्धि संरक्षण एवं संस्थागत गर्नु दायित्व हो । म पनि त्यही गरिरहेको छु । निर्वाचन आचारसंहितादेखि पदीयको मर्यादा ध्यान राख्दै अघि बढ्नु पर्छ । विपक्षीहरु त चाहन्छन् गृहमन्त्री छुद्र बोलोस्, मनपरी गरोस् । तर म देशको जिम्मेवार नागरिक, जिम्मेवार बोकेको मन्त्री र पार्टीको जिम्मेवार कार्यकर्ता हँु । मलाई जे पनि गर्न छुट छैन । मैले कतिपय कार्यक्रमहरुमा त उम्मेदवारको हैसियतमा प्रस्तुत भएकै छैन् । निर्वाचनमा आफ्नो क्षेत्रमा प्रचारप्रसार त छ दैँछ त्यसमाथि निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने, निर्वाचनमा सहभागी हुँदैनौ भन्ने दलहरुसंग सम्पर्कमा रहि वार्ता गरी मुलधारमा आउन आग्रह निरन्तर गर्नु जस्ता कार्य पनि छन् । आफ्नो प्रचारसँगै उम्मेदवार, मतदाता, मतदानमा खटीने कर्मचारी, मतदान स्थल सबैको सुरक्षामा ध्यान केन्द्रित गरेको छु । यति धेरै जिम्मेवारी छ की नरम समयले बनाइदियो । मेरो यही बानी अहिले सबैलाई मनपर्ने बनेको छ । मतदाता मात्र नभई आम नागरिक खुशी हुनुहुन्छ ।

  • निर्वाचनमा कस्ता एजेण्डाहरु लिएर जानु भएको छ अहिले ?

मैले मेरो निर्वाचन क्षेत्र मात्र होइन गृह जिल्ला रुपन्देहीको विकासलाई नै प्राथमिकतामा राखेको छुँ । रुपन्देही जिल्ला मुलुककै महत्वपूर्ण र आर्थिक रुपमा पनि चलायमान एवम् गतिशील जिल्ला हो । विश्व शान्तिको मुहान बुद्ध जन्म स्थली लुम्बिनी यसै जिल्लामा छ । मुलुकको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, देशको पहिलो विशेष आर्थिक क्षेत्र, धान गहँु उत्पादनमा मुलुककै शिर्ष ३ जिल्ला, पूर्वाधार निर्माण सम्बन्धी उद्योग छड, सिमेन्टको हब, दोश्रो ठूलो भन्सार नाका, नेपाल भारतको सबैभन्दा ठूलो स्थलनाका, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आउने नाका लगायतका कारणले यो जिल्ला देशकै महत्वपूर्ण र चासोको जिल्लामा रहेको छ । महत्वपूर्ण जिल्लाका रुपमा रहेकाले लोकतन्त्र स्थापना भइसके पछि नेपाली काँग्रेसको सपना र योजना अनुसार रुपन्देहीमा ठूला–ठूला विकास योजनाहरु साकार भएका छन् । निर्वाचनको क्रममा आफ्ना एजेन्डामा राख्ने मात्र नभई अन्य समयमा पनि जिल्लाको समग्र विकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, सिंचाई, पर्यटन जस्ता क्षेत्रको विकासका लागि धेरै पहल गरेको छु । पहल मात्र होइन बजेट पनि ल्याएको छु । हेर्न सक्नु हुन्छ अहिले पनि तिनाउ र दानब नदिमा कति वटा पुल निर्माण भएको छ । पुल निर्माण पछि ग्रामीण क्षेत्र शहरसँग सहज रुपमा जोडिएका छन् । कृषि उपजहरु एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो भएका छ । त्यति मात्र होइन तिनाउ र दानवबाट नागरिक सुरक्षित तुल्याउन मैले सुरु गरेको जनताको तटबन्धन कार्यक्रम निरन्तर छ, सोह्र–छत्तीस सिंचाई प्रणालीलाई निरन्तर बजेट आएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, सिंचाई,पर्यटन, रोजगार श्रृजना औद्योगिक विकास मेरो मात्र नभई हामी गठबन्धनको सामूहिक एजेण्डा हो, यसैलाई लिएर अघि बढेका छौं ।

  • विगतमा के कस्ता कार्य सम्पादन भएका छन् तपातपाईंकाे पहलमा ?

हाम्रो जिल्लामा मैले मात्र भन्दा पनि काँग्रेसका नेताहरुको पहलमा समेत धेरै काम भएको छ । काँग्रेसका अग्रज नेताहरुको पहलमा धेरै विकास आयोजना लागु भएका छन् । ति मध्ये बेलहिया–बुटवल व्यापारीक मार्ग, गौतमबुद्ध विमानस्ललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, मणिग्राम–देवदह–लुम्बिनी बुद्ध सर्किट, देवदह–मणिग्राम– लुम्बिनि– तिलौराकोट– गोरुसिंगे, बेलवास–बेथरी, तामनगर–फर्सटिकट हुँदै बेथरी–मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया–सूर्यपूरा, देवदह–मणिग्राम–फर्साटिकर–सूर्यपुरा–लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम् स्तरोन्नती सम्भव भएका हुन् । शिक्षा, स्वास्थ्य, सिँचाई लगायतका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् ।

  • तपाईं जहिले पनि रुपन्देहीको क्षेत्र नम्बर ३ रोज्नु हुन्छ, किन होला ?

रुपन्देहीमा ३ नम्बर किन रोज्नु हुन्छ भन्दा जहिले पनि समयले यस्तै मिलाएको छ । म आफैलाई भाग्यमानी ठान्छु, विगत देखिनै क्षेत्र नम्बर ३ को प्रतिनिधित्व गर्ने अवसर पाएको छु ।

मलाई क्षेत्र नम्बर ३ मात्र होइन, समग्र रुपन्देही जिल्लाबासीको साथ र समर्थन छ । क्षेत्र विभाजनका कारण मलाई कहिले कता–कहिले कता गरिरहनु परेको छ । तर, सबैले माया गर्दै आउनु भएको छ । म जहाँ गए त्यहाँका मतदाताको मप्रति आशा, भरोसा, विश्वास पाउने गरेको छु । यसपटक रुपन्देही–३, मा मतदाताले एकदमै उत्साहित बनाइदिनु भएको छ । म रुपन्देही–३ बाटै तीन पटकनै प्रत्यक्ष निर्वाचन लडेर बिजयी भएको हुँ । यसपटक पनि रुपन्देही ३ बाटै उम्मेदवार बनेको छुँ । मेरा लागि रुपन्देही–३ जहिले भाग्यशाली बनेको छ र यस पटक पनि बन्ने छ । जनलहर व्यापक छ । जित सुनिश्चित छ । कांग्रेस मात्र होइन अहिले माओबादी केन्द्र, लोसमा, राजमो, नेकपा समाजवादी,सहितको दलको गठबन्धन छ । त्यति मात्र होइन जनमुक्ति पार्टी र बामदेब गौतम नेतृत्वको पार्टीले पनि सघाएको छ । घनश्याम भुषालजीको समर्थन रहेको छ । यहाँका उद्योगी व्यवसायी, विद्यार्थी, चिकित्सक, शिक्षक, प्राध्यापक, नागरिक समाज, बौद्धिक तथा युवा वर्ग, संघसस्था, संचारकर्मी लगायतको साथ र हाथसंगै भएकाले पनि रुपन्देही क्षेत्र नम्बर ३ बाट म मात्र नभई प्रदेश सभाका उम्मेदवारहरु सन्तोष कुमार पाण्डे (साइकल) र रामचन्द्र ढकाल (रुख) समेत विजयी हुने सुनिश्चित छ ।

  • जित सुनिश्चित भएको भन्नु भयो, आधार के हुन् ?

मेरो जितको आधार भनेकै अहिले गठबन्धनका उम्मेदवार प्रति मतदाता मात्रा होइन जिल्लाबासीले देखाउनु भएको माया ममता हो । जनलहरले पनि यही भनिरहेको छ । हामीले गरेका विकास निर्माण लगायत हरेक क्षेत्रमा भएका कामहरु जितको आधार रहेको छ र भविष्यमा हामीले गर्ने कामहरु एजेण्डाहरु छन् त्यो पनि जितको आधार हो । हामी कम बोल्छौ तर काम गरेर देखाउँछौं । सस्तो लोकप्रियताका लागी हामी प्रचारबाजी गर्दैनौ । जितको आधार भनेको हाम्रो मतदाता हो ।

शशुल्क प्रचार सामग्री(बिज्ञापन)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?