भैरहवा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामा जारी लिस्नु कप फुटबल प्रतियोगितामा आज सम्पूर्ण युवा क्लब सुपौली (तिलोत्तमा नगरपालिका) र राइजिङ्ग स्टार युवा क्लब (शिवराज नगर पालिका) कपिलवस्तु बिच खेल हुँदैछ । खेल दिनको ठिक ४ बजेदेखि पशुपति माविको खेलमैदानमा सुरु हुने र दर्शकहरुका लागि प्रवेश शुल्क १ सय रुपैयाँ रहेको आयोजक संस्था लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले बताए ।
यस अघि हिजो सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवलले सनराइज फुटबल क्लब नवलपरासीलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा टुङ्गिए पछि निर्णयको लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा पनि ५–५ गोलको बराबरी भए पछि सडेन डेथमा गोर्खा ब्वाइज भाग्यमानि ठहरीयो । सडेन डेथमा गोर्खाका अनुज गैरेले गोल गर्दा सनराइजका दिलिप चौधरीको प्रहार फस्टबार नजिकैबाट बाहिरिएको थियो ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
याे पनि पढ्नुहाेस् ।
२०औ लिस्नुकप फुटबल प्रतियोगिता, गोर्खा ब्याइज बुटवल क्वाटरफाइनलमा
Get real time update about this post categories directly on your device, subscribe now.