• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, October 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सेनेटरी प्याड तथा डाइपर उद्योगहरु शंकटमाः ६ अर्बको लगानी जोखिममा

Shree News Ok by Shree News Ok
१९ चैत्र २०७९, आईतवार २३:१९
1 min read
40 0
39
SHARES
76
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।


सरकारी गलत नीतिका कारण नेपालका सेनेटरी प्याड र डाइपर बनाउने उद्योगहरु शंकटग्रस्त अवस्थामा पुगेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट लागु हुने गरी तयारी सेनेटरी प्याड र डाइपर तथा त्यो बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार मूल्य एकै दर कायम हुँदा स्वदेशी उत्पादनले बिशेष गरी भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्दा अहिले उद्योगहरु संकटमा पुगेको नेपाल सेनेटरी प्याड तथा वेवी डाइपर उत्पादन संघका अध्यक्ष डोलप्रसाद अधिकारीले बताए ।

‘‘अहिले नेपालमा आउने तयारी प्याडहरुको मूल्य हामीले उत्पादन गरेको भन्दा कम भएपछि हामीले कसरी प्रतिष्पर्धा गर्न सक्छौं, जबकी भारत लगाएतका स्थानबाट कच्चा पदार्थ ल्याएर हामीले यहा सामान तयार गछाैं ।’’ उता सरकारले भारतबाट आउने तयारी प्याड डाइपरको मूल्य र हामीले ल्याउने कच्चा पदार्थको मूल्य एकै दर १.५ (डेढ) प्रतिशत राखेको छ, विश्वका कुनै पनि देशमा तयारी वस्तु र सोहि वस्तु बनाउने कच्चा पदार्थको करको दर एकै भएको हाम्रो देशमात्रै होला, एजी हेल्थ इण्डस्ट्रिज प्रा.लि. तिलोत्तमा १६ रुपन्देहीका प्रबन्ध निर्देशक समेत रहेका अधिकारीले बताए ।

‘‘यो गलत नीतिले गर्दा हामी लगायत मुलुकभर रहेका सेनेटरी प्याड र बेबी डाइपर बनाउने करिब ३५ वटा उद्योगहरु शंकट ग्रस्त अवस्थामा छन्, ठूला उद्योगहरु ८ वटा छन् । ’’अधिकारीले भने । ‘‘सबै उद्योगहरुमा ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी छ ।’’ उनले भने । मुख्य गरी सेनेटरी प्याडले बजार नपाउँदा अहिले उद्योगीहरुसंग अर्ब रुपैयाँ भन्दा बढीको तयारी सेनेटरी प्याड गोदाममा थन्केको व्यवसायीहरुको भनाई छ ।

सानाठूला गरी ३५ ओटा स्वदेशी उद्योगको वार्षिक सेनेटरी प्याड उत्पादन क्षमता ९० करोड थान रहेको व्यवसायीहरु बताउँछन् । स्वदेशका उद्योगले माग अनुसार आवश्यक भन्दा बढी प्याड उत्पादन गर्न सक्ने भए पनि सरकारले भारत तथा तेश्रो मुलुकबाट आयात हुने प्याड नियन्त्रण गर्न नसक्दा स्वदेशी उद्योगहरु शंकटमा परेका हुन् ।

सरकारले २०७९÷८० को बजेट मार्फत गरेको सेनेटरी प्याड आयातमा ९० प्रतिशत कर छूट दिने निर्णय सच्याए पनि त्यसमा लाग्ने १ दशमलव ५ प्रतिशत भन्सार महसुल घटाएको छैन । प्याड तथा डाइपर उद्योगीको माग आयात गर्दा लाग्ने भन्सार महशुल बृद्धी गरी कम्तिमा १५ प्रतिशत पुरयाउनु पर्छ र यसो भएमा राज्यको राजस्व पनि बढने र स्वदेशी प्याड तथा डाईपर उद्योगहरुले आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न सक्ने थिए ।

सरकारी नीतिले उद्योग शंकटमा परेपछि सेनेटरी प्याड तथा बेबी डाइपर उद्योगमा आश्रीत करिब ५ हजार मजदुरको रोजगार पनि शंकटमा परेको छ । ‘सरकारले कच्चा पदार्थको भन्सार घटाएर मात्र हुँदैन, प्याकेजिङ मेटेरियललगायत वस्तुमा पनि भन्सार घटाउनुपर्छ । प्याकेजिङ्ग म्याटेरीयलको भन्सार महशुल अहिले ३५ प्रतिशत रहेको छ । ‘‘१ सेकेन्डमा ७ ओटा प्याड बनाउने उद्योग नेपालमा आइसकेको छ, अहिलेका उद्योगहरुले देशको माग अनुसारको उत्पादन गर्न सक्छन त्यसैले सरकारले अब यसै प्रकृतीका नयाँ थप उद्योग सञ्चालनमा पनि नियन्त्रण गर्नै पर्छ ।’’ अध्यक्ष अधिकारीले भने ।

‘‘हामी स्वदेशमा मात्र होइन विदेशमा निर्यात गर्न पनि सक्षम छौं, यसै आर्थिक वर्ष ६ करोड रुपैयाँ बराबरको निर्यात गरेकै हो, सरकारले राम्रो नीति ल्याउनु प¥यो, स्वदेशको माग पुरा गरी बिदेशमा आपुर्ति गरी विदेशी मुद्रा नेपालमा भित्रयाउन हामी सक्छांै ।’’ अध्यक्ष अधिकारीले भने । यो यद्योग प्रति सरकारको स्पष्ट नीति भएन, नीति नहुँदा धमाधम बिदेशी प्याड आइरहेका छन्, स्वदेशी उद्योगहरु बन्दहुने अवस्थामा छन् ।

उद्योगीका अनुसार सरकारले वार्षिक २ अर्ब रुपैयाँको सेनेटरी प्याड स्थानीय तह मार्फत बितरण गर्दछ, त्यसमा समेत चलखेल हुने गरेको उनिहरुको भनाई छ । सरकारले स्वदेशकै उद्योगबाट अनिवार्य रुपमा प्याड किनेर स्थानीयतहले बितरण गर्ने व्यवस्था गरे यहाँका उद्योगले धेरै राहत पाउथे, तर आर्थिक प्रलोभनमा परी बिदेशीबाट लुज प्याकेटमा आयात गरी नेपालमा लेबलिङ्ग गरी मार्केटिंग बाई भन्दै बजार कब्जा गरी बसेकाहरुका कारण गुणस्तरिय हुँदाहुँदै पनि नेपाली उद्योगहरु शंकटमा परेको एजी हेल्थ इण्डस्ट्रिजका अध्यक्ष तिलक प्रसाद अधिकारीले बताए ।
भारत सहित अन्य मुलुकमा उत्पादित तयारी प्याड १ दशमलव ५ प्रतिशत भन्सार तिरेर आइरहेको छ, जुन कारणले स्वदेशी उद्योगको उत्पादनको बजार साघुरिदै गएको छ, तिलक प्रसादले भने ।

रुपन्देहीको तिलोत्तमा १६ मा अवस्थित एजी हेल्थ ईण्डस्ट्रिज प्रा.लि.को उद्योग तथा कच्चा सामग्री र बिक्री नभएका तयारी बस्तुहरु । तस्बिरः मनोरञ्जन शर्मा ।

भन्सार विभागका अनुसार प्याडहरु भारत, चीन, थाइल्यान्ड, जापानलगायत मुलुकबाट आयात इैरहेका छन् । सरकारले २०७६ सालदेखि सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । कार्य विधिमा ठूला उद्योग र स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै छ । नेपालको गुणस्तर चिह्न नम्बर ५८७ मा प्याडमा हुनुपर्ने लम्बाई, चौडाइ, सोस्ने क्षमता पीएच भ्यालू, सूक्ष्मजीवी कीटाणुको उपस्थिति आदिबारे विस्तृत मापदण्ड उल्लेख छ ।

स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडमा सेतो रङको सुती र मलमलको कपडा प्रयोग गर्नुपर्छ । प्याडको गुणस्तर सुनिश्चितताका लागि ९५ प्रतिशत सुती कपडा प्रयोग गर्नैपर्ने प्रावधान छ । तर, ‘‘आयातित प्याडको अनुगमन फितलो भएको कारण कम गुणस्तरका प्याड आयात भइरहेको उद्योगी दाबी गर्छन् । आयातित प्याडको गुणस्तर मापन कही भएको पाइएको छैन ।’’ उनिहरु भन्छन् ।

सगुन ब्रान्डका सेनेटरी प्याड र डाइपर उत्पादन गर्दै आएको तिलोत्तमा रुपन्देहीको एजी हेल्थ ईण्डस्ट्रिज नेपालको सबैभन्दा ठूलो प्याड उद्योग हो । बजार नपाए पछि यो उद्योग अहिले मुस्किलले ५ घण्टा संचालन हुने गरेको उद्योगका निर्देशक एवं सेल्स डाइरेक्टर गंगाधर अधिकारीले बताए । ‘‘हाम्रो उद्योगमा अझै २५ करोड रुपैयाँ बराबरको सेनेटरी प्याड तथा ८ करोड मूल्य बराबरका बेबी डाईपर मौज्दात छन्, कहिले बिक्ने हो, थाहा छैन ।’’ उनले भने । एजीले २०७४ अन्तिम तिरबाट उत्पादन सुरु गरेको उनले बताए ।

यसै बिच सेनेटरी प्याड तथा डाईपर उद्योगहरु समस्यामा रहेको थाहापाए पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले एजी उद्योगको अवलोकन गर्दै यस प्रकृतिका उद्योग समस्यामा देखिएकाले यो मुद्धा अब सुरु हुने सदनमा उठाई समाधानका लागि पहल गर्ने बताए । ‘‘स्वदेशी उद्योगलाई उत्थान गर्नु हामी सबैको दायित्व हो ।’’ उनले भने ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?